१५४६ बर्ग किलोमिटरमा क्षेत्रफल रहेको तनहुं जिल्लाको पूर्वमा चितवन, पश्चिममा स्या·जा, उत्तरमा लमजु· र दक्षिणमा नवलपरासी सिमाना पर्ने एक अपार सम्भावना भएको नेपालको जिल्ला मध्ये पर्छ । नेपालमा अहिले कृषि, उर्जा र पर्यटनमा ध्यान केन्द्रित गर्नुपर्ने राम्ररी बहस चलिरहेको अहिलेको अवस्थामा तनहुं जिल्ला यि तिनै बिधाको लागि एकदमै उपयुक्त रहेको छ ।
नेपालमा बार्षिक ५ लाख भन्दा बढि मानिसहरु बैदेशिक रोजगारको लागि बिदेश गईराखेका छन् । यसरी दिनहु बिदेशिएका नेपालका मानव संसाधनहरुलाई नेपालमै अवसर दिलाएर नेपालमा नै रोजगारी सृजना गरि उद्यमशिलता विकास गर्नको लागि तनहुं जिल्लाबासिहरुले अहंम भूमिका खेल्न सक्नेछ जसको लागि यस क्षेत्रमा भएका सम्भावनाहरुको अध्ययन गरेर योजना बनाई कार्यान्वयन गर्नेतर्फ अगाडी बढ्नु पर्दछ ।
देश अहिले लामो लोडसेडि·को झंझटमा फंसिरहेको अवस्थामा १४० मेघावाटको जलाशययुक्त तनहुं हाईड्रो परियोजनाले ठुलो राहत मिल्नेमा बिश्वास गर्न सकिन्छ । त्यसैगरि यस जिल्लामा कृषि र पर्यटनलाई ब्यवसायीकरण गर्न सकेमा मुलुकको आर्थिक विकासमा राम्रो योगदान दिन सक्ने सम्भावना छ । उर्जामा मुलुकले सफलता पायो भने मुलकले औद्यँेगिकरणमा थप सफलता प्राप्त गर्ने निश्चित छ ।
त्यस्तै नेपाल दक्ष्ँिण एशियामै बढि मासु खानेहरुको देशमा पहिलो स्थानमा आंउछ । यहां सरदर प्रतिब्यक्ति बार्षिक १७.१७ किलो मासु खान्छन भने दक्षिण एसियामा यो ११.७० किलो रहेको छ । नेपालको कुल मासुको मागमा जम्माजम्मि ३५ प्रतिशत माग मात्र यही उत्पादन गर्न सकेका छौं भने बांकी ६५ प्रतिशत मासु बिदेशबाट आयात गर्नुपर्ने अवस्था छ । यसको लागि तनहुं जिल्लाको केहि भेगहरुमा ब्यवसायिक पशुपालनको लागि एक उपयुक्त स्थान हुनसक्छ । 
त्यसैगरि यसलाई ब्यवसायिकरण गर्न सकिएको खण्डमा प्याकि· मासुहरुले अन्तराष्ट्रिय बजारमा आफ्नो स्थान बनाउन सक्दछ । नेपालमा गएको बर्ष मासु उत्पादनमा ५ प्रतिशतले बृद्धि भएको देखिन्छ यसलाई बढाउंदै निर्यात गर्ने हैसियतसम्म पुर्याउनको लागि तनहुं जिल्लामा पशुपालन फर्महरु खोल्न प्रोत्साहन गर्ने र मासु उद्योगहरु खोल्ने तर्फ सम्भावित अध्ययन गर्न तर्फ ध्यानाकर्षण गराउनु पर्दछ ।
तनहुं जिल्ला नेपालको मध्य भागमा पर्ने हुंदा औद्योगिकरणको लागि आवश्यक कच्चा पदार्थको ढुवानी खर्चमा कमि हुने भएकोले औद्योगिकरणको लागि प्रर्याप्त अवसरहरु भएको जिल्ला पनि हो । त्यही बिष्लेषणको आधारमा केहि ठुला उद्योगहरुले आफ्नो उद्योगहरु सञ्चालन पनि गरिसकेका छन र अन्य उद्योगहरुलाई पनि आर्कषण गर्न सकिने सम्भावना छ ।
त्यसैगरि अहिले नेपालमा बार्षिक करिब २५०००० टन तरकारी आयात गर्ने गरिएको छ । र यो संख्या बर्षै पिच्छे बढ्दै गईराखेको अवस्था छ । तनहुंको माटो तरकारी खेतीको लागि उपयुक्त भएकोले यसतर्फ ध्यान दिएको खण्डमा देशमा नै रोजगारी सृजना भई आयात प्रतिस्थापन गर्नमा सहयोग पुग्ने देखिन्छ ।
अन्तराष्ट्रिय पत्रिका फोब्र्स पत्रिकाले नेपाललाई संसारकै उत्कृष्ट १० गन्तब्यमा राखेकोले पनि तनहुं जिल्लाले यसलाई एउटा राम्रो अवसरको रुपमा लिनुपर्दछ । बन्दिपूरलाई प्याराग्लाईडि· गन्तब्य, छाब्दि बाराही, ढोर बाराही, अकलादेबी तथा ब्यास जन्मभूमिलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न सकिने प्रचुर सम्भावना देखिन्छ । पर्यटनको मोडलको रुपमा हामिले धेरै टाढा नगई छिमेकी मित्र भारतको केरला राज्यले केहि बर्ष यता पाएको सफलतालाई बुझेर अगाडी बढ्न सकिन्छ । नेपालकै उदाहरण लिने हो भने सांगामा संसारकै अग्लो महादेवको मूर्ति स्थापना हुनासाथ एकाएक त्यो क्षेत्रको चहलपहल बढेको उदाहरण लिन सकिन्छ । पर्यटनको कुरा गर्दा छिमेकी जिल्लाहरुलाई समेटिकन अगाडी बढ्दा अझ राम्रो हुन्छ । पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल बन्नको लागि प्रक्रिया अघि बढिरहेकोले पोखरा घुम्न आउने पर्यटकहरुलाई तनहुंले आकर्षित गर्नको लागि धार्मिक पर्यटन एक महत्वपूर्ण रणनिति हुन सक्दछ र साथै पर्यटकहरुलाई सस्तो र सुलभ रुपमा तनहूंको गांउ गांउमा होम स्टे सुविधा दिन सकिएको खण्डमा पनि यस क्षेत्रको विकासका योगदान मिल्ने देखिन्छ ।
तनहुं त्यहि पनि भानुभक्तको जिल्ला, त्यसैले भानु जन्म स्थललाई शैक्षिक क्षेत्रको एउटा महत्वपूर्ण क्षेत्रको रुपमा विकास गर्नको लागि यसलाई एउटा राष्ट्रिय, अन्तराष्ट्रिय स्तरको शैक्षिक क्षेत्रको रुपमा विकास गर्न  सके अझ तनहूं र नेपालको नाम राख्न सफल हुन सक्नेछ भन्ने बिश्वास लिन सकिन्छ ।