एउटा चियापसले संग एकजना पर्यटकले गाडी रोकेर सोधे–
दाई यो गांउका मानिसहरु कस्ता छन् ?
पसलेले हांस्दै सोधे – तपांईको गांउका मानिसहरु कस्ता छन ?
पर्यटकले निधार खुम्च्यांउदै भन्यो– कामै नलाग्ने छन् त्यही भएर यसो घुम्न आएको ।
पसलेले बुद्धिमानीका साथ उत्तर दिए– यहांका मानिसहरु पनि त्यस्तै छन् ।
१० मिनेटपछि फेरि अर्काे पर्यटकले आएर उहि प्रश्न गर्यो ।
पसलेले फेरी हांस्दै सोधे – तपांईको गांउका मानिसहरु कस्ता छन ?
पर्यटकले एकदमै मुस्कुराहटका साथ भन्यो– एकदमै राम्रा तथा सहयोगी छन् ।
पसलेले त्यही उत्तर दोहर्याए– यहांका मानिसहरु पनि त्यस्तै छन् ।
एउटै गांउ, एउटै परिवेश तर चिया पसलेको दुईजना पर्यटकको लागि फरक जवाफ । यसको अर्थ हो कि, हामिले कुनै पनि बस्तु तथा घटनालाई राम्रो नजरले हेर्यौ भने राम्रो हुन्छ, नराम्रो नजरले हेर्यौं भने नराम्रो हुन्छ । मर्जर पनि त्यस्तै हो । दुई संस्थाहरु मर्जरमा जांदैछन भने अर्काे संस्थाका कर्मचारीहरु खराब छन् कि भन्ने सोंच लियो भने पहिलो पर्यटकको जस्तो निराशा आउन सक्छ जसले आफूलाई र संस्थालाई पनि हानी हुन सक्दछ भने दोश्रो पर्यटकको जस्तो सोंच भएको खण्डमा कर्मचारी एवं सस्था दुबैलाई राम्रो फाईदा हुन मद्धत गर्दछ ।
एउटा जंगलमा सैनिक अधिकृतले ठूलो काठको मूढा बाटोबाट हटाउन निर्देशन दिए अनुसारसनिकहरुले मूढा हटाउन कोशिस गरिराखेका थिए तर सकिराखेका थिएनन् । घोंडामा सवार ब्यक्तिले रोकेर अधिकृतलाई सोधे– तपांई किन उनिहरुलाई सहयोग गर्नुहुन्न रु अधिकृतले भन्यो– म कमाण्डर हुं । मैले आदेश दिने हो । त्यसपछि घोंडा सवार ब्यक्तिले सैनिकहरुलाई मूढा हटाउन सहयोग गर्यो र मूढा बाटोबाट हट्यो । त्यसपछि घोंडा सवार ब्यक्ति अधिकृत नजिक गएर भन्यो– अर्काे पटक पनि सहयोग आवश्यक पर्यो भने तपांईको सैनिकहरुलाई कमाण्डर इन चिफकहां अर्थात राष्ट्रपति कहां पठाउनु । घोंडा सवार ब्यक्ति थिए, अमेरिकाको पूर्व राष्ट्रपनि जर्ज वासिङ्गटन ।
कुनै पनि संगठनमा कर्मचारीहरुले जर्ज वासिङ्गटनको ब्यवहारबाट सिक्नुपर्दछ । मर्जर त अझ यसको ठुलो भूमिका हुन सक्दछ । चाहे सानो या ठुलो कुनै पनि पदको कर्मचारी होस्, आवश्यक पर्दा एकले अर्काेलाई सहयोगी भूमिका खेल्न सकेमा , मायां गर्न सकेमा संस्थाले राम्रो गति लिन सक्दछ । लिडरले सैनिक अधिकृत जस्तो बन्ने कि जर्ज वासिङ्गटन जस्तो बुझ्नु जरुरी छ ।
बिशेषगरि मर्जरमा दुई तथा दुईभन्दा बढि संस्थाका फरक फरक संस्कृतीबाट हुर्केर आएका कर्मचारीहरुको मिलान गाहे हुन्छ भन्ने गरिन्छ । नेल्सन मण्डेला जसले दक्षिण अफ्रिकामा जातिय भेदभावका बिरुद्ध संघर्ष गरेर २७ बर्ष जेलजिवन बिताए, राष्ट्रपतिको पदभार सम्हाल्दा पूर्व जेलहरुलाई अतिथीको रुपमा निमन्त्रणा गरेर सबै मिलेर र मिलाएर जाने बाटो अख्तियार गरे । जसको बिरुद्ध संघर्ष गरिएको थियो, तिनिहरुलाई नै साथी बनाए, सहयोगी बनाए भने मर्जरमा कर्मचारीको संस्कृती मिलान गाहे काम मान्नु हुंदैन ।
भारतमा सन् २००० मा टाईम्स बैंक र एचडिएफसि बैंक मर्ज भएको थियो र त्यसपछि एचडिएफसि बैंकले सेन्चुरियन बैंक अफ पञ्जाबलाई गाभ्यो र अहिले एचडिएफसि बैंकलाई फोब्र्स पत्रिकाले लगातार ८ पटक संसारभरको उत्कृष्ट ५० औं कम्पनीमा सूचिकृत गरेको छ भने भारतको बेष्ट म्यानेज्ड पब्लिक लिमिटेड कम्पनी २०१५ र अन्तराष्ट्रिय लेखापरिक्षण कम्पनी केपिएमजीले भारतको उत्कृष्ट बैंक र बैंकका प्रमुख कार्यकारी अधिकृत आदीत्य पूरीलाई बिश्वको उत्कृष्ट ३० प्रमुख कार्यकारी अधिकृतमा सूचिकृत गरेको छ । मर्जरको सफलतासंग अहिले बैंकको भारतभर ४२८१ शाखामा ७६,२८६ कर्मचारीहरु कार्यरत छन् भने बिदेशमा पनि शाखा बिस्तार गर्न सफल भएको छ ।
मर्जरमा कर्मचारीहको ध्यान गुमाएं भन्नेतिर गएमा त्यसले समस्या ल्याउन सक्छ तर पाएं भन्नेतिर गयो भने त्यसले सकरात्मक नतिजा ल्याउंछ । एचडिएफसि बैंकर कर्मचारीहरुले अख्तियार गरेको सफलताको शुत्र पनि यही हो । उनिहरु धेरै पाएं र पाउन सकिन्छ भन्नेतर्फ ध्यान केन्द्रित भए र सानो क्षेत्रिय बैंकहरु मर्ज गरेर एउटा सवल अन्तराष्ट्रिय बैंकमा स्थापित हुन सफल भएका छन् र मर्ज समस्या होईन अवसर हो भनेर प्रमाणित गरेर देखाईदिएका छन् ।
सांच्चे नै भन्ने हो भने जसरी होलीमा सम्पूर्ण समुदाय, जात, धर्म, संस्कृतीका ब्यक्तिहरु एकैठांउमा होली खेलेर मनाए र मर्जरमा पनि त्यसरी नै रम्नु पर्दछ । त्यहि ब्यक्ति होलीमा सबैसंग रमाउन सक्छ भने आफूले रोजेको जिन्दगीको यात्राको भेटिएका बाटोका सहयात्रीसंग रमाउन नसकिने भन्ने कुरा नै आंउदैन । मर्जर समस्या होईन अवसर हो ।