अहिले संसारभर फूटबल बिश्वकपको रौनकले छोएको छ । संसारभरका करिब १ अर्ब मानिसहरुले बिश्वकप हेरेका छन् । बिश्वकपको रौनकले बिश्वभर नै ठुलो मात्रमा फूटबल जसीहरु तथा समाग्रीहरु बिक्रि भईरहेका छन् भने सञ्चार माध्ययम तथा सामाजिक सञ्जालहरुमा पनि यसै बिषयमा नै चर्चा भईरहेको छ । आफूलाई मनपर्ने टिमको जर्सी लगाएर समर्थनमा समर्थक क्लब बनाउने र फूटबल हेर्नको लागि साथिभाई जम्मा भएर हेर्ने दिनचर्या नै बनेको छ ।
प्राय कुनै ब्यक्ति भेटिने बेक्तिकै फूटबलका हस्तिहरु वा उनिहरुको खेलको कुरा भईहाल्छ । यतिखेर मेस्सी, रोनाल्डो, नेईमार, स्वेराज, एम्बाप्पे, ईस्को, टोनी क्रुश, पउलो डाईबाला, टिमो वेइनर आदी फूटबलका हस्तिहरु मानिसहरुको मुखमा झुण्डिएको पांउछौ । कुनै पनि ब्यक्तिले अर्काे ब्यक्तिसंग बिनाकारण प्रभावित हुंदैन वा मन पराउंदैन ।
कुनै ब्यक्तिले अर्काे ब्यक्तिसंग प्रभावित हुन्छ वा मन पराउंछ भने उक्त ब्यक्तिसंग केहि असमान्य गुणहरु छ भन्ने बुझ्नुपर्छ । अझै प्रशंसकहरु कमाउनको लागि धेरै असमान्य गुणहरु हुनुपर्छ । नेताहरु, कलाकारहरु, खेलाडीहरुले धेरै प्रशंसकहरु कमाउनुको कारण उसको असमान्य गुणहरुले हो । फूटबलरहरुमा पनि धेरै असमान्य गुणहरु हुन्छन् र उनिहरुबाट हामिले निम्न गुणहरु सिक्न सकिन्छ ।
१. कसरी मुकाविला गर्ने ः प्रतिस्पर्धीसंग कसरी मुकाविला गर्ने भनेर फूटबलरबाट सिक्न सकिन्छ । फूटबलरहरु अन्तिम अवस्थासम्म पनि हार मान्दैनन् । खेलको अन्तिम मिनेट, अन्तिम सेकेण्डसम्म पनि जितको लागि प्रतिस्पर्धीसंग जुध्छन् । मानिसले सम्पूर्ण काममा सफलता प्राप्त गर्न सक्दैनन् तर आफूले गर्ने काममा सफलता प्राप्त गर्नको लागि अन्तिम अवस्थासम्म पनि प्रयास गर्नुपर्छ । काममा आउने बाद्या अड्चनहरुसंग डटेर मुकाविला गर्नुपर्छ भन्ने कुरा फूटबलरहरुबाट सिक्नुपर्छ ।
२. कसरी कडा मेहनत गर्नेः फूटबलरहरुबाट कडा मेहनत गर्न सिक्नुपर्छ । यिनिहरु एउटा खेलको लागि हरसम्भव कोशिस गर्छन् । कडा शारिरीक परिश्रम तथा आफ्नो फिटनेशमा ध्यान दिन्छ्न् । बिश्वकपको लागि १ बर्ष, २ बर्ष होईन, १०–१५ बर्षको तयारी गर्छन् । कुनै खेलमा गम्भिर घाईते भएमा फेरी चांडै नै खेलमा फर्कनको लागि अथक मेहनत गर्छन् । सफलताको शुत्र कडा मेहनत हो भन्ने कुरा फूटबलरबाट सिक्न सकिन्छ ।
३. काममा कसरी रमाउने ः फूटबलरहरु आफ्नो काम अर्थात फूटबल खेल्नमा यति आनान्द लिन्छन् कि, चर्काे घाम, बादल, बर्षा, जाडो आदीले बाद्या पुर्याए पनि प्राक्टिश गर्न तथा खेल्न छाड्दैनन् । आफ्नो कामलाई सबैथोक मान्छन् । खेलको लागि चाडवाड,देश, घर, परिवार साथीभाई ईष्टमित्रबाट टाढा रहेर पनि खेलमा शतप्रतिशत ध्यान दिन्छन् । सफलताको शुत्र काममा रमाउनु हो भन्ने यिनिहरुबाट सिक्न सकिन्छ ।
४. कसरी नेतृत्व तथा अवसरको सृजना गर्ने ः फूटबल टिम वर्क र लिडरशिपको एक बेजोड खेल हो । बल आफ्नो साथिलाई पास दिने र आफू खालि भएको ठांउमा दौडिएर बल पाउनासाथ नेतृत्व गरिहाल्ने फूटबलरहरुको बानी हुन्छ । खालि ठांउ भनेको अवसर हो । त्यहि ११ जना खेलाडी लिएर एउटा बललाई बिपक्षी खेलाडीहरुलाई छक्यांउंदै त्यहि एउटा सिमित फूटबल मैदानभित्रको बिपक्षीको गोलपोष्टमा कसरी गोल गर्ने भन्ने लक्ष्यको साथ एकले अर्काेलाई अवसरको सृजना गरिदिने र आफूले पनि अवसर खोजिहाल्ने जस्तो नेतृत्व कलाको राम्रो उदाहरण फूटबलरहरु हुन् । फूटबलमा खेलाडी सिमित हुन्छन्, साधन अर्थात बल पनि एउटा मात्र हुन्छ । गोल गर्ने पोष्ट पनि एउटा मात्र हुन्छ यस्तो सिमित श्रोत साधनको कसरी भरपूर सदुपयोग गर्नुपर्छ र अवसरको सृजना गर्नुपर्छ भन्ने शिक्षा फूटबलले दिन्छ ।
५. कसरी पछ्याउने ः फूटबलरहरु जहिले पनि फूटबललाई नै पछ्याईरहेका हुन्छन् । उनिहरुको लक्ष्य गोल हान्नु हो । फूटबल चांहि लक्ष्य प्राप्त गर्नको आवश्यक साधन हो । फूटबल यदि बिपक्षी खेलाडिले खेलाईरहेको छ भने त्यसलाई प्राप्त गर्नको लागि उनिहरु शरिरमा भएजति शक्ति खर्च गरेर दौडिई बिपक्षी खेलाडीहरुबाट बल खोसि आफूले प्राप्त गर्नको लागि हरपल पछ्याईरहेका हुन्छन् । आफ्नो लक्ष्य प्राप्तिको कहां कहां दौडिनुपर्छ, बिपक्षी अर्थात समस्यासंग पछि हटेर होइन, डटेर पछ्उनुपर्छ, भन्ने कुरा फूटबलरहरुबाट सिक्न सकिन्छ ।
६. धैर्यता ः फूटबलरहर शर्टकर्टमा बिश्वास गर्दैनन् । एउटा गोल हान्नको लागि कैंयो पास खेल्छन्, कैंयौं समय मैदानमा नै बिताउंछन् र उपयुक्त मौका आए पश्चात उपयुक्त ब्यक्तिलाई पास दिई गोल गर्छन् । यिनिहरु निश्वार्थी स्वभावका हुन्छन् । लामो दुरीबाट बिपक्षीलाई बल छक्काउंदै ल्याएपनि अन्तिममा उपयुक्त स्थानमा भएको साथिलाई पास दिन्छन् । धर्यता गर्नसक्ने र निश्वार्थ बन्न सक्ने गुण फूटबलरबाट सिक्न सकिन्छ ।
८. नियन्त्रण ः फूटबलरहरुमा आफ्नो गति र बल नियन्त्रण गर्नसक्ने एकदमै राम्रो खुबि हुन्छ । आफ्नो गतिमा तलमाथि भयो भने बल नियन्त्रण गर्न सकिंदैन त्यसरी नै हामिले हाम्रो कार्यक्षेत्रमा आफ्नो गति र साधनहरुको गतिलाई नियन्त्रण गर्न सकिएन भने दुर्घटनामा पर्न सकिन्छ । मानिसको गति भन्नाले उसको महत्वकांक्षा, ब्यवहार, रणनिती आदी हुनसक्छन् । मानिसले आफ्नो शिप, क्षमता तथा योग्यतालाई सहि पहिचान गरेर सोही अनुसारको महत्वकांक्षा, ब्यवहार, रणनिती तथा योजनाहरु बनाउन फूटबलरहरुबाट सिक्न सकिन्छ ।
९.बलिदान ः फूटबलमा खेलाडीहरु आफ्नो टिमको लागि आफ्नो बलिदाने दिन पनि तयार हुन्छन् । बिपक्षी खेलाडीबाट बल खोस्नको लागि उनिहरु ठुलै जोखिम पनि लिन तयार हुन्छन् । गोलरक्षकले बिपक्षीको गोल प्रहार रोक्नको लागि जोखिम लिएर डाइभ हान्छन् । खेलाडीहरु कतिपय बल खोस्ने आफू घाईते पनि हुन सक्छन्, पहेंलो कार्ड, रातो कार्ड पनि पाउन सक्छन् तर, उनिहरु आफ्नो टिमको लागि आफ्नो बलिदान पनि दिन तयार हुन्छन् । कसरी टिमको लागि हामिले सोंच्नुपर्छ भन्ने गतिलो उदाहरण हामिले फूटबलरहरुबाट पाउन सक्छौं ।
फूटबलबाट हामिले अन्य धेरै ज्ञानहरु हांसिल गर्न सक्छौं थद्यापी उनिहरुको बारेमा अन्य केहि नकरात्मक कुराहरु पनि सुनिन्छ, देखिन्छ तर, हाम्रो काम अरुमा भएमा राम्रा कुराहरु सिक्ने हो । माथिका यि बिभिन्न कारणहरुले गर्दा नै आज बिश्वभर प्रख्यात छ र यसले बिश्वभरका फूटबलप्रेमिहरुलाइृ नतमस्तक बनाएको छ । फूटबल हेरौ, फूटबलमा रमाऔं र यसबाट सिकौं पनि । बिश्वकप २०१८ बाट तपांई हाम्रो जिवनमा सकरात्मक प्रभाव परोस् शुभकामना ।।।