बैंक अफ अमेरीका, सिटी ग्रुप, वेल्स फार्गाे, र जेपी मोर्गान अमेरीकाको अहिलेको ठुला ४ वटा बैंकहरुमा पर्दछन् । यि ४ वटा बैंकहरुको ईतिहास हेर्ने हो भने १९९० मा यि ४ वटा बैंकहरु ३५ वटा छुट्टाछुट्टै बैंकहरु थिए । नेपालमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई चुक्ता पुंजी पुर्याउन दिएको निर्दैशनले गर्दा अहिले बैंक तथा वित्तीय संस्थाहरुमा मर्जर तथा एक्विजशनको लहर चलेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरुलाई २०७४ असार मसान्तसम्म बाणिज्य बैंकहरुले ८ अर्ब, राष्ट्रिय स्तरको विकास बैंकहरुले २ अर्ब ५० करोड, फाईनान्स कम्पनीहरुले ८० करोड चुक्ता पुंजी पु््र्याउनु पर्छ ।
सन् २००६ मा डिज्नि कम्पनीले पिक्सर कम्पनीलाई ७.४ मिलियन डलरमा खरिद गर्यो । डिज्नि कम्पनी सन् २००१ बाट हाउस अफ माउस नामक संसारभरी नै अति लोकप्रिय टेलिभिजन कार्टुन सिरियलको निर्माण कम्पनी थियो भने पिक्सरले १९९५ मा एनिमेटेड फिल्महरु बनाएर ख्याति कमाईराखेको थियो । यि दुई कम्पनीको मर्जरपछि एनिमेटेड फिल्महरुले तहल्का नै मच्चाएको थियो । मर्जरमा १ र १ जोड्दा ३ हुनुपर्छ भन्ने प्रचलित भनाई डिज्नि र पिक्सरमा लागु भएको थियो ।
भारतको बैंक अफ कलकत्ता, बैंक अफ बम्बई, बैंक अफ चेन्नई मिलेर बनेको इम्पेरियल बैंक अफ ईण्डियाले पछि ८ वटा स्टेटका बैंकहरु गाभेर स्टेट बैंक अफ ईण्डिया (एसबिआई बैंक) बनेको थियो । एसबिआई अहिले एउटा राम्रो अन्तराष्ट्रिय बैंकको नाममा स्थापित भएको छ जसको बिश्वभर १४ हजार शाखा र २ लाख ८ हजार जति कर्मचारीहरु छन् ।
कतिपय अवस्थामा मर्जर नगर्दा पनि संस्थाले राम्रो प्रगति गरेको उदाहरण पनि पाईन्छ । जस्तैः सन् २००६ मा फेसबुकले भर्खरै भर्खरै बजारमा स्थापित हुन संघर्ष गरिराखेको अवस्थामा याहुले १ बिलियन डलरमा खरिद गर्नको लागि फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई प्रस्ताव राखेको थियो तर, जुकरबर्गले उक्त प्रस्तावलाई ठाडै अस्विकार गरिदिएका थिए, अहिले यो कम्पनीको बजार मूल्य ४०० बिलियन डलर नाघिसकेको छ र जुकरबर्ग संसारको पांचौ धनिमा आफूलाई उभ्याउन सफल भएका छन् ।
समग्रमा मर्जरबाट संस्थाले अधिकतम फाईदा लिन सक्छ । भिन्न भिन्न संस्कारबाट आएका कर्मचारीहरुलाई उचित ब्यवस्थापन गर्नु ब्यवस्थापनले बिशेष ध्यान दिन जरुरी हुन्छ । मेरो बिरुद्ध तेरो भन्ने भावनालाई हटाउनको सकिएन भने यसपछि समस्या उत्पन्न गराउन सक्छ । मर्जरमा कर्मचारी ब्यवस्थापनलाई बिशेष कार्यको रुपमा लिएर तल्लो देखि माथिल्लो सबै स्तरका कर्मचारीहरुको मनोभावना बुझ्ेर उचित ब्यवस्थापन गर्नुपर्दछ ।
प्रिट्च एण्ड एशोसियट्सको मर्जरः लाईफ ईन फास्ट लेनमा मर्जरमा कर्मचारीहरुमा मुख्य समस्या मर्जर पूर्वको बाचा र बास्तविकताका आउने भिन्नताले निम्त्यांउछ । जस्तैः
मर्जर पूर्वको बाचा | बास्तविकता |
यो मर्जरमा सबैको जित छ । | कुनै ठांउमा कर्मचारीहरु गुमाएको महशुस गर्छन् र ब्यवस्थापनले ढांटेको ठान्छन् । |
मर्जर ६ महिनामा सक्छौं | तर मर्जरले त्यो भन्दा धेरै समय लिन्छ । |
मर्जरपछि पनि अहिलेको जस्तै राम्रोसंग संस्था हांक्छौं । | त्यसो भए किन मर्जर आवश्यक पर्यो ? |
सन् १९८७ को अध्ययन अनुसार ब्यवस्थापनले कर्मचारीको समस्या र संस्कार बुझ्न नसक्नु नै मर्जर असफल हुनु मुख्य कारण हो भन्ने निष्कर्ष निकालेको थियो । ब्यवस्थापकहरु यसतर्फ बढि सजग भएर कर्मचारीको सहि ब्यवस्थापनमा ध्यान दिन सकेको खण्डमा मर्जरबाट धेरै फाईदा लिई संस्थालाई गुणात्मक बृद्धि गराउन योगदान दिन सकिन्छ ।
५ फिट ५ इन्च रन मेशिन–सचिन तेण्डुल्कार पुस्तकका लेखक ले भनेका छन्, त्यो नोकरहरुको पसिना नै हो जसले मालिकलाई स्मार्ट बनाउंछ । यो भनाईले कर्मचारीहरुको महत्वलाई एकदमै स्पष्ट रुपमा ब्याख्या गरिदिएको छ । तर, कर्मचारीहरु हाम्रो महत्व ठुलो छ भनेर घमण्ड नगरी आफ्नो तह अनुसारको उत्कृष्ट कार्यसम्पाद गर्नेतर्फ ध्यान दिनुपर्छ ।
अहिले बजार बिभिन्न ब्राण्डका उत्कृष्ट प्याकेजिङमा टि ब्याग (चिया झोला ) पाईन्छन् । ति टि ब्यागको प्याकेजिङ जति सुकै राम्रो भएता पनि, त्यसको गुणस्तर त्यस ब्यागभित्र हुने चियापत्तिले निर्धारण गर्दछ । बाहिरको ब्यागको प्याकेजिङले त हेर्न मात्र राम्रो देखाउने हो । यसको रंग, गुणस्तार अझै त्यसपछि थाहा हुन्छ, त्यसलाई हामि तातो पानीमा डुबाउंछौं, चियाको बास्तविक स्वाद पाउन तातो पानीमा टिब्याग राख्नैपर्छ र आवश्यकता अनुसाार केहि दुध र चिनी पनि मिसाउनुपर्छ । चिया कस्तो बनाउने भन्ने कुरा चिया बनाउनेको क्षमतामा निर्भर रहन्छ । त्यस्तै गरि कर्मचारी कस्तो बनाउने भन्नेमा एउटा ब्यावस्थापकको क्षमतामा निर्भर रहन्छ । यहां चिया बनाउने ब्यवस्थापक र टि ब्यागलाई कर्मचारी संग तुलना गर्न खोजिएको छ ।
टि ब्यागमा भएको सुख्खा चिया तातो पानीमा पर्नासाथ आफ्नो आकार बढाएर फूल्न थाल्छ र आफ्नो खुबि देखाउन थाल्छ र पानीको चारैतिर फैलन थाल्छ र रंंग र स्वाद नभएको पानिलाई रंग र स्वाद दिन्छ । त्यस्तै कर्मचारीले पनि मौका खोजेर आफ्नो अधिकतम खुबि देखाउने प्रयास गर्नुपर्छ, आफ्नो जिम्मेवारी बढाएर संस्थाको प्रगतिमा टेवा दिनुपर्छ भने ब्यवस्थापकले कर्मचारीहरुको खुबि पहिचान गरेर उचित मौका प्रदान गर्ने ब्यवस्था गर्नुपर्दछ ।
टि ब्याग तातो पानीमा घुलेर चिया बनेपछि त्यो चियालाई चाहे कपमा राखौंं वा ग्लांसमा राखौं वा अन्य कुनै आकारको भांडोमा राखौं त्यसको स्वादमा कुनै परिवर्तन हुंदैन । जब आकार अर्थात परिस्थितीको कारणले चियाको स्वादमा परिवर्तन हुंदैन हुंदैन भने कर्मचारीहरु पनि परिस्थितीको कारणले आफ्नो कार्यकुशलतामा कमि ल्याउनु हुंदैन । त्यसैल,े मर्जरमा पनि परिस्थिती परिवर्तन भयो, संस्कार परिवर्तन भयो भनेर आफूलाई दुखित बनाएर आफ्नो कार्यसम्पादनमा असर पार्नु हुंदैन ।
अधिकांश मर्जर भएको संस्थामा संस्कार परिवर्तनको समस्या देखाएर धेरै कर्मचारीहरुले संस्था छोड्ने गरेको पाईन्छ । चियालाई स्टिलको गिलांसमा राखे पनि स्वाद उहि हुन्छ, कपमा राख्दा पनि स्वाद उहि नै हुन्छ । फरक त्यती मात्र हुन्छ कि स्टिलको कपमा राख्दा बाहिर बढि तातो हुन्छ, यसको मतलब मर्जरको समयमा केहि समय परिस्थितीको कारणले केहि समय कर्मचारीहरुलाई असहज हुन भने सक्छ । चियालाई १ लिटरको कपमा राख्दा पनि स्वाद उहि हुन्छ, २०० मिलिमिटरको कपमा राख्दा पनि स्वाद उहि हुन्छ । फरक त्यति मात्रै हो कि, चियाको मात्रा हेरेर कप रोज्न सकेमा बढि प्रभावकारी हुन्छ त्यसरी नै कर्मचारीलाई पनि उसको साईज अर्थात खुबि अनुसार सहि मानिस सहि स्थानमा राख्न सकेमा बढि प्रभावकारी हुन्छ ।
मानिसको स्वाद अनुसार चियामा चिनी कम बढि राख्नुपर्छ र आवश्यक्ता अनुसार दुध पनि थप्नुपर्दछ । अझै कसै कसैलाई एउटा टि ब्यागले नपुग्न पनि सक्छ र अर्काे टि ब्याग पनि थप्नुपर्ने हुनसक्छ । त्यस्तै कर्मचारीहरुको इच्छा तथा प्राथमिकता अनुसारको कर्मचारी ब्यवस्थापनका कार्यहरु गनुपर्दछ । आवश्यक्ता अनुसार थप कर्मचारीहरुको ब्यवस्था गर्नुपर्दछ । कुनै कर्मचारी आफैले आफैलाई उत्प्रेरित हुन्छन् कुनै कम उत्प्रेरणा दिएर पनि बढि उत्प्रेरित हुन्छन् भने कसैलाई बढि नै उत्प्रेरणा दिनुपर्ने हुन्छ ।
चिया पिउनेहरु मिठो लागेमा भन्छन् वाह ∕ कति मिठो चिया ∕ त्यसपछि बनाउनेलाई भन्न सक्छन् कि, मिठो चिया खुवाउनु भएकोमा धन्यवाद । तर, कसैले पनि भन्दैनन् कि, कस्तो मिठो चियापत्ती अर्थात टि ब्याग । यो संसारको यथार्थ हो । त्यसैले कर्मचारीहरुले काम हामिले गर्ने, जस हाकिमले मात्र पांउछन् भनेर कहिल्यै पनि निराश बन्नु हुंदैन । हाम्रो काम भनेको आफ्नो भागमा परेको कामलाई राम्रोसंग निभाउनु हो । चिया मिठो बन्नको लागि पानिमा राम्रोसंग घोलिएर चियाको स्वाद मिठो बनाउनमा भूमिका निभाउनु हो र सोंच राख्नु कि, मेरो पनि हाकिम हुने दिन आंउछ र मलाई पनि मिठो चिया खुवाएको जस ओइरिनेछन् ।
अमेरिकी गायिका, नायिका तथा गितकार जुन कार्टर क्यासले भनेकी छिन् – इभ्रि डग ह्याज हिज डे अन्टिल हि लस हिज टेल । सबै कुकुरको दिन आंउछ जबसम्म उसले आफ्नो पुच्चर गुमांउदैन । सबैको दिन आंउछ तर हामिले धर्य गुमाउनुहुंदैन भन्ने भनाईलाई याद राख्नुपर्छ ।
जसरी टि ब्याग पानीमा घुलेर चिया बनिसकेपछि टि ब्यागमा रहेका बांकी चियाहरु चिया कपबाट बाहिर फालिन्छ, त्यसरी नै कर्मचारीहरुले आफूलाई काम लाग्ने र सकरात्मक कुराहरु तथा बानीहरु मात्र ग्रहण गर्नुपर्दछ र नकरात्मक कुराहरु तथा बानीहरुलाई छोडिदिनु्पर्दछ । यो टि ब्याग फाल्ने कुरा भने कर्मचारी तथा ब्यवस्थापक दुबैको हकमा बराबर नै लागु हुन्छ । जसरी प्रयोग भएको टि ब्याग चिया बनाउनेलाई काम लाग्दैन, त्यसैगरि खराब बानी, आचरण पनि ब्यक्तिलाई जिवनमा काम लाग्दैन ।
चिया आफैमा एउटा सवल मर्जरको राम्रो उदाहरण हो । चियाको बिक्रिसंग टि ब्याग, चिनी, दुध र पानीको बिक्रिको प्रत्यक्ष सकरात्मक सम्बन्ध रहेको छ । अर्थात, टि ब्याज, चिनी, दुध र पानीको मर्जरले सबैको स्वाद समिश्रण भएर अझ उत्कृष्ट नयां स्वाद उत्पन्न भएको छ । मर्जरमा पनि संस्कार १ + संस्कार २ मिलेर नयां संस्कार ३ को जन्म दिई सबैको जित हुने बातावरण बनाउने जिम्मा कर्मचारी र ब्यवस्थापनको रहन्छ ।
एकातिर कुनै पनि संस्थाले बजार कब्जा गर्नु पहिला कर्मचारीहरुको मन कब्जा गर्नुपर्दछ भने,ब्यवस्थापनले पनि कर्मचारीहरुमा लगानी गरिसकेपछि त्यसबाट प्रतिफल खोज्नु ब्यवस्थापनको सिद्धान्त हो । ब्यवसायमा सबैभन्दा एक नम्बर ग्रँहक भनेको नै कर्मचारी हुन् संस्थाका ग्राहकहरु कर्मचारीहरुकै प्रतिफल हुन् त्यसैले मर्जरमा सबैको जित हुनको लागि कर्मचारी एवं ब्यवस्थापन सबैले आ–आफ्नो क्षेत्रमा भूमिका निर्वाह गर्नु जरुरी छ । बजार कब्जा गर्नु पहिला कर्मचारीको मन कब्जा गर्नु जरुरी छ ।