एउटा नेतृत्व विकास सम्बन्धि तालिममा प्रशिक्षकले सहभागीहरुलाई जिवनमा सफल हुनु छ भने ब्यापार, ब्यवसाय वा जागिरको लागि आफूलाई मन लागेको क्षेत्र रोज्नुपर्छ, मानिस जतिसुकै सक्षम भएतापनि गलत क्षेत्र रोज्यो भने सफल हुन सक्दैनौ भनेर भनिरहंदा एकजना सहभागीले भावुक भएर उनिसंग प्रश्न गर्छन् ः सर मेरो मन त संगितमा थियो तर, मेरो बुवाले म संगित क्षेत्रमा लागेका मन पराउनुहुन्थेन । अहिले मैले बुवाको चाहाना अनुसार नै हाम्रो पुख्यौली ब्यापार सम्हाल्दैछु तर, बेलाबेलामा मैले आफ्नो सपनाको हत्या गरेंजस्तो लागेर म निराश बन्न पुग्छु ।

सहभागीको यस्तो कुरा सुनेपछि प्रशिक्षार्थीले भन्छन् ः एउटा सामान्य अनि परिवार नभएको मानिसले आफ्नो मात्र सपनाको कुरा गर्न सुहाउंछ तर, एउटा जिम्मेवार मानिसले आफ्नो सपनाको साथै परिवारको सपनालाई पनि आफ्नै सपना बनाउनुपर्छ । अझै त्यो भन्दा बढि जिम्मेवार बन्ने हो भने आफ्नो साथै परिवार, समाजको सपनालाई पनि आफ्नै सपना बनाउनुपर्छ । तपांईहरु आजको यस नेतृत्व विकाश तालिममा आउनुभएको नै एक जिम्मेवार मानिस बन्नको लागि हो त्यसैले, तपांईहरु आफ्नो मात्रै होईन, परिवार अनि समाजनको सपनालाई पनि संगै बोकेर हिंड्नुपर्छ ।

मानिसले यस धर्तिमा जन्म लिने बित्तिकै उ आफ्नो बुवा आमाको ऋणी भएर जन्मेको हुन्छ, यदि कुनै सन्तानले आफ्नो अभिभावकको सपना पुरा गर्छ भने मात्र उसको जिवन सार्थक बन्छ तर, यदि उसले आफ्नो सन्तानको ईच्छा, सपना पुरा नगरी आफ्नो मात्र ईच्छा, सपना पुरा गर्न लाग्छ भने उ आफ्नो ब्यवासायिक जिवनमा सफल भएतापनि उसको जिवन अपूरो हुन्छ । एउटा मानिसले ब्यवसायिक रुपमा कमाएको धनसम्पत्ती, सफलता अन्य धेरै मानिसहरुले देख्छन् । तर, ति आमा बुवाको आंखाबाट झरिरहने आंशु, उनिहरुलाई बढ्दो उमेरमा चाहिने साहारा भने कमै मानिसहरुले मात्र देख्छन् किनभने समाजमा जिम्मेवारी मानिसको संधै कमि नै हुन्छ ।

एकजना बूढि आमा टुक्क टुक्क लठ्ठि टेकेर सकि नसकि हिंडिरहेका थिईन्, बूढि आमाको अवस्था देखेर एकजना दयालु केटाले उनलाई डोर्याउंदै अस्पतालसम्म पुर्याईदिए । उनका श्रीमान, छोरा, बुहारी र नाति नातिनी सबै अमेरिका र छोरी जापानमा रहेछन् । परिवार सम्झेर यि आमा भक्कानिएर रोए, आफूलाई सम्हाल्दै एउटा हातले आंशु पुछ्दै भनिन– परिवार त छन् बाबु तर, अहिले मलाई आवश्यक पर्दा म संग छैनन् शायद मेरो भाग्यमा नै यस्तो एक्लो बस्न लेखेको होला ।

यि आमा अहिले नेपालका लाखौ अभिवावकहरुका प्रतिनिधि पात्र हुन् । लाखौ लाखौ अभिभावहरुले यस्तै पिडा भोगिरहेको देखिन्छ । गरिबीमा बांचिरहेका नेपालीहरुलाई गरिबीबाट मुक्त हुनको लागि बिदेशिनुपर्ने केहि हदसम्म बाध्यता भएतापनि अहिले अधिकांश सन्तानहरुको बिदेशप्रतिको मोहले गर्दा अभिभावकहरुप्रतिको उत्तरदायित्व चटक्कै भुलेर एउटा छोराछोरीको कर्तब्यलाई बेवास्ता गरिदिएका छन् ।

अहिलेका युवाहरुमा अष्ट्रेलिया, अमेरिका तथा अन्य युरोपका देशहरुमा पढ्न जाने र जुनसुकै हालतमा पनि ति देशहरुको ग्रिनकार्ड लिएर उतै स्थाई बसोसार गर्ने लहर चलको छ । एकप्रकारले भन्ने हो भने यिनिहरुमा बिदेशको ग्रिनकार्ड लिने एकदमैठुलो प्रतिस्पर्धा नै भएको छ र यसको लागि उनिहरुले जुनसुकै मूल्य पनि चुकाउन गर्न तयार भएका देखिन्छन् र त्यहि मूल्य चुकाउदा आफ्ना अभिभावहरुप्रतिको जिम्मेवारीलाई समेत लत्याउन पुग्छन् । कोहि त बिदेश गएपछि ग्रिनकार्ड नपाएसम्म नफर्कने हुनाले ८–१० बर्षसम्म पनि नफर्कने भएकोले यसले एउटा गम्भिर सामाजिक समस्या उत्पन्न गरेको देखिन्छ ।

जुन आमा बुवाहरुले आफ्ना सन्तानमा नै आफ्नो सम्पूर्ण भविष्य देखेका हुन्छन् र आफ्नो जिन्दगी भरको कमाई नै उनिहरुको खुशिको लागि समर्पण गरिदिएका हुन्छन्, सन्तानहरुलाई संसारभरको खुशि दिनको लागि आफ्ना साना ठुला खुशिहरु बिना स्वार्थ त्याग गरेका हुन्छन्, यस्ता आमाबुवाहरुप्रति सन्तानको जिम्मेवारी हुंदैन रु यो प्रश्न अहिलेको समाजमा एउटा गभ्भिर बिषय बनेको छ । सन्तानको पनि कर्तब्य हुन्छ कि, आफ्ना आमा बाबुको खुशिको लागि सोंच्ने, केहि गर्ने । तर, अफसोच, तिनिहरु आफ्नै खुशिको लागि सोंच्दा सोंच्दा आमा बाबुको खुशिको लागि सोंच्ने फूर्सद नै पांउदैनन् ।

यदि एउटा अभिभावकले सन्तानलाई राम्रोसंग हेरचाह गरेन भने, उसलाई राम्रो शिक्षा दिएन भने, बिरामी हुंदा उपचार गराएन भने उनिहरुलाई समाजले नराम्रो दृष्टिकोणले हेर्छ, पापी सम्म भन्न छोड्दैन तर, त्यहि समाजले बूढा भएको आमा बुवालाई चटक्कै छाडेर बर्षाै बर्षाै वास्तै नगरि उनिहरुलाई आवश्यक पर्दा समेत साथ नदिने सन्तानको कर्तब्यबारे भने मौन जस्तै छ । यदि सन्तानको पढाई, शिक्षा, स्वास्थ अभिभावकको कर्तब्य हो भने अभिभावकलाई आवश्यक पर्दा साथ दिनु, हेरचाह गर्नु पनि सन्तानको कर्तब्य हो ।

अहिले बदलिंदो समाजमा छोराछोरीहरुलाई स्वतन्त्र रुपमा आफ्नो जिवन बिताउन दिनुपर्छ, यो उनिहरुको अधिकार हो भनिन्छ । हो, उनिहरुलाई आफ्नो खुशिले जिवन जिउन अधिकार छ तर, के आमा बुवालाई छोराछोरीहरुको साथ खोज्ने अधिकार छैन त रु यस्तो गम्भिर मानिवय कुरालाई स्वतन्त्रताको नाममा आंखा चिम्लिन मिल्छ रु यसको जवाफ खोज्न ढिलाई गर्नुहुंदैन ।

यो संसारमा २ जना मानिसहरुमात्र हाम्रो ईष्र्या गर्दैनन् तिनिहरु हुन्स् आमा र बुवा । आमा र बुवा मात्रै यस्ता मानिसहरु हुन् जसले आफ्ना सन्तानहरु आफू भन्दा धेरै प्रगति गरुन्, आफू भन्दा बढि खुशि र सुखि रहुन् भन्ने कामना गर्दछन् । र यिनिहरुले बिनास्वार्थ सन्तानहरुलाई मांया पनि गर्छन् ।

फूल कहिल्यै पनि दुईपटक फूल्दैन, जन्म पनि दुईपटक मिल्दैन । मानिसले आफ्नो जिन्दगीमा हजारौं मानिस भेट्न सक्छन तर, हाम्रो हजारौं गल्तिलाई माफि दिने, हजारौ मागलाई पूरा गर्ने २ जना मात्रै भेटिन्छन्स् आमा र बुवा । जिवनमा यति धेरै योगदान दिने आमा बुवासंग बस्न पाउने सन्तान त त्यसै नै भाग्यमानी हुन्छ । आमाबुवा सन्तानसंग होईन, सन्तान आमाबुवासंग बस्नुपर्छ र स्वर्ग भनेको पनि त्यहि हो जहां जन्म दिने आमा बुवाहरु हुन्छन् । आमाबुवाहरुसंगै बस्ने सन्तानहरुले पनि आमाबुवाहरु म संग होईन, म आमाबुवासंग बस्छु भनेर गर्व गर्नुपर्छ ।

जो आंखा बन्द गरेर तपांईलाई बिश्वास गर्छ, प्रेम गर्छ त्यो तपांईको प्रेमि वा प्रेमिका हो भने जो आंखा खोलेर तपांईलाई बिश्वास गर्छ, प्रेम गर्छ, त्यो तपांईको साथि हो । जो आफ्नो आंखा बन्द नभईन्जेल पनि तपांईसंग बिश्वास गरिरहन्छ, मांया गरिरहन्छ भने त्यो तपांईको आमाबुवा हो । मानिसले जति बिश्वास औषधीसंग गर्छन, त्यो भन्दा बढि बिश्वास आमाबुवा संग गर्नुपर्छ र औषधिलाई हामिले संधै आफ्नो वरपर नजिकै राखेझैं आमाबुवालाई पनि संधै नजिकै राख्नुपर्छ, उनिहरुलाई साथ दिनु सन्तानको कर्तब्य हो, उनिहरुको धर्म हो । सन्तान हुर्काउनु आमाबाबुको कर्तब्य भएझै आमाबाबुलाई साहारा दिनु, खुशि राख्नुु सन्तानको प्रमुख कर्तब्य हो ।

लेखक – डा. बुद्धि मल्ल बैंकर हुन् ।