अहिले नेपालमा मर्जरको निक्कै बहस चलिरहेको छ । बाणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनीहरु पछि लघुवित्त संस्थाहरु र सहकारीहरु पनि मर्जरमा जान थालेका छन् भने बीमा कम्पनीहरुको लागि पनि मर्जर गराउने उदेश्यले मर्जर तथा एक्विजिशन बिनियमावली जारी भएको छ ।
१९८० देखि १९९८ मा अमेरिकामा धेरै बैंक तथा वित्तीय संस्थाहरुमा मर्जरको लहर नै चलेको थियो । उक्त अवधिमा अमेरिकामा करिब ८ हजार बैंकहरु मर्ज भएका थिए । नेपालमा पनि बैंक तथा बित्तीय संस्था बिनियमावली–२०६८ पछि बैंक तथा वित्तीय संस्थाहरुमा मर्जरमा गएका थिए । जसको फलस्वरुप ३१ वटा बाणिज्य बैंक, ८७ वटा विकास बैंक र ७९ वटा फाईनान्स कम्पनी गरी क, ख र ग बर्गका १९७ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिशन भई २०७५ चैत्र मसान्तसम्म २८ वटा बाणिज्य बैंक, ३२ वटा विकास बैंक र ८४ वटा फाईनान्स कम्पनी गरी २४ वटामा झरेका छन् ।
कुनै कुनै मर्जरलाई कोदो र तोरीको मिसावट भनेर पनिभन्ने गरिन्छ । तर उचित संस्कारको मिलान भएमा मर्जरमा केमेष्ट्री साईन्समा २ वा दुइभन्दा बढी रसायनहरुको मिश्रणबाट नयाँ पदार्थको उत्पादन भएजस्तै संस्थामा उल्लेखनीय परिवर्तन आई उत्पादकत्वमा समेत राम्रो बृद्धि हुनसक्छ ।
नेपालमा गरिएको एक अध्ययनअनुसार मर्जरमा सबैभन्दा चुनौती नयाँ ब्यवस्थापन टिमको गठन गर्नु देखिएको छ । त्यसपछि क्रमशः कर्मचारीहरुको उचित ब्यवस्थापन, नयां सञ्चालक समितिको गठन, ब्यवस्थापन तथा कर्मचारीहरुको उचित कार्यबिभाजन र नयाँ बन्ने संस्थाको नाम चयन गर्नु कार्यहरु मर्जरमा प्रमुख चुनौती देखिएको छ ।
विश्वमा भएका अधिकांश अध्ययनले मर्जरमा संस्कारको मिलान सबैभन्दा ठुलो चुनौती देखिएको छ, जसको कारणले ३० प्रतिशत मर्जर असफल भएको तथ्याङ्कले देखाउँछ । सन् १९६८ मा रेलरोड न्यूयोर्क सेन्र्टल र पेन्नज्यूल्भ्यानिया रेलरोडको मर्जरपछि संस्कारको संघर्षको कारणले २ बर्षपछि कम्पनी टाट पल्टेको थियो ।
त्यस्तै गरी सफ्ट्वेर कम्पनी नोबेल र वर्ड पर्फेक्ट कम्पनीको मर्जर पनि संस्कारको संघर्षको कारणले असफल भई कम्पनी नै बेच्नु परेको थियो । त्यस्तै कम्प्यूटर कम्पनीहरु एचपि र कम्प्याकबीचको मर्जरमा पनि संस्कारको मिलान हुन नसक्दा असफल भएको थियो ।
मानिसहरुका स्वभाव, ब्यवहार तथा आचरण फरक हुन्छन् । र, कुनै पनि काम पटक–पटक गरिरहेमा उक्त कार्य उनिहरुको संस्कार बन्छ । त्यसैले लामो समयम एउटा संस्थामा काम गरिसकेका कर्मचारीहरुमा एउटा संस्कारको बिकास भएको हुन्छ ।
तर उक्त संस्कार अर्काे संस्थाको कर्मचारीहरुको लागि राम्रो नलाग्न पनि सक्छ । जस्तै एउटा संस्थामा नमस्कार गर्ने संस्कार हुनसक्छ भने अर्काे संस्थामा गुड मर्निङ्ग भन्ने संस्कार रहेको हुनसक्छ ।
मर्जरमा सबै संस्थाहरुको संस्कारलाई स्विकार गर्दै संस्थाहरुमा चलिआएको संस्कार मध्ये उपयुक्त संस्कार वा नयाँ संस्कारको बिकास गर्नुपर्छ ।
सन् २००७मा रिलिज भएको बलिउड नायक अमिर खानको निर्देशन तथा अभिनय रहेको हिन्दी चलचित्र तारे जमिन परमा सबै बच्चाहरु बिशेष हुन्छन् । र, उनीहरु कुनै न कुनै बिषयमा अब्बल हुन्छन् भन्ने सन्देश दिईएको छ ।
मर्जरपछिको केहि समयसम्म एउटा संस्थाको कर्मचारीहरुमा अर्काे संस्थाको कर्मचारीहरुप्रति चासोको साथै डर, त्राश तथा भय रहेको हुन्छ । बिशेषगरी ठुलो संस्थाको कर्मचारीहरु र अर्काे संस्थाबाट प्रतिनिधित्व भएर आएको हाकिमले पेल्ने हो कि भन्ने मनमा भइरहन्छ ।
अभिभावकहरुले बच्चाहरुको बिशेषता नबुझेर गल्ती गरिहेको र बिषेशता बुझ्न सके नालायक मानिएको बच्चाले पनि ऐतिहासिक सफलता प्राप्त गर्न सक्छ भन्ने सन्देशको मर्मलाई ख्याल गर्दै ब्यवस्थापनले जुनसुकै संस्थाहरुबाट प्रतिनिधित्व गर्ने कर्मचारीहरुलाई पनि उनीहरुको बिशेषतालाई बुझेर उत्प्रेरण दिँदै अगाडी बढे कर्मचारी संस्कारको राम्रो मिलान हुन सक्छ ।
ठुलो हुँ भन्ने घमण्ड र सानो हुँ भन्ने हिनताबोध सफलताका बाधक हुन् । यी दुई स्वभावले मर्जरको सफलतालाई ठुलो प्रभाव पार्छ । मर्जरको प्रसंगमा ठुलो भन्नाले ठुलो संस्था, लामो अनुभव, धेरै ज्ञान तथा शीप आदि पर्छन् भने सानो भन्नाले सानो संस्था, कम अनुभव, कम ज्ञान तथा शीप आदि पर्छन् । म ठुलो हुँ भन्ने आत्मबिश्वास त सबैले राख्नैपर्छ ।
तर, त्यसलाई घमण्डको रुपमा ल्याउन दिनु हुँदैन । गजनी चलचित्रमा अमिर खानले भने झैं ‘म यो गर्न सक्छु, यो मेरो बिश्वास हो । तर, यो मैले मात्र गर्न सक्छु, यो मेरो घमण्ड हो । बिश्वासलाई कायम राख्नु र घमण्डलाई ढोका बाहिरै छोडेर आउनुभए ठुलो आभारी हुने थिएँ ।’ भन्ने भनाईलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने बातावरण बनाउन ब्यवस्थापनको ध्यान जानु जरुरी हुन्छ ।
उचित संस्कारको मिलान हुन सके मर्जरबाट संस्थाहरु चमत्कारीक परिवर्तन आउन सक्छ । जसलाई हामी मर्जरको सिनर्जी ईफेक्ट भनेर बुझ्छौ । मर्जरमा सिनर्जी इफेक्ट भनेर १+१=३ वा १+१=११ बुझिन्छ ।
मर्जरपछिको केहि समयसम्म एउटा संस्थाको कर्मचारीहरुमा अर्काे संस्थाको कर्मचारीहरुप्रति चासोको साथै डर, त्राश तथा भय रहेको हुन्छ । बिशेषगरी ठुलो संस्थाको कर्मचारीहरु र अर्काे संस्थाबाट प्रतिनिधित्व भएर आएको हाकिमले पेल्ने हो कि भन्ने मनमा भइरहन्छ । कतिपय संस्थामा अर्काे संस्थाबाट प्रतिनिधित्व गर्ने हाकिमसँग आफ्ना समस्या राख्नन सक्ने, उनीहरुले राम्रो कुरा गरे पनि नकरात्मक सोचको कारणले नराम्रो लाग्ने आदि पनि भएको देखिन्छ ।
यदि, अर्काे संस्थाबाट आएका कर्मचारीहरुलाई हेपेर वा पेलेर यदि कुनै कर्मचारीले आनान्द लिन्छ वा खुशी मनाउंछ भने उसले आत्मघाती गोल गरेर उत्सव मनाईरहेको छ भनेर बुझ्दा फरक पर्दैन किनकि, एउटा जिम्मेवार कर्मचारीको कर्तब्य मर्जरमा सम्मिलित सबै कर्मचारीहरुलाई सघाउनु हो ।
मानिस जन्मको आधारमा ठुलो हुँदैन, कर्मको आधारमा ठुलो हुन्छ भन्ने सिद्दान्तलाई शिरोपर गर्दै संस्थाका बरिष्ठ कर्मचारीहरुले नयाँ कर्मचारीहरुलाई काम सिकाउने बातावरण तयार पारिदिनुपर्छ भने कनिष्ठ कर्मचारीहरुले पनि बरिष्ठहरुप्रति आदर प्रकट गर्दै आफूले नजानेको काम सिक्नको लागि बिनम्रताका साथ प्रस्तुत भई अनुभवी कर्मचारीहरुको मन जित्ने प्रयत्न गर्नुपर्छ । आफूलाई परिवर्तनको लागि तयार राख्नु कर्मचारीहरुको दायित्व हो किनभने माटो र हावापानी सुहाउँदो खेती गरे मात्र राम्रो बाली उत्पादन हुन्छ ।
मर्जरमा संस्कार मिलान एउट यस्तो प्रक्रिया हो, जसमा दिने मानिसको सँधै जित हुन्छ । र, दिएभन्दा बढी प्रतिफल पाउँछ । दिने, बाँड्ने भन्ने शब्दले टिम वर्कलाई पनि जनाउँछ ।
मानिस जाडोमा बाक्लो कपडा लगाउँछन्, गर्मीमा पातलो र शितल हुने कपडा लगाउँछन्, घाम र पानी पर्दा छाता ओढ्छन् । किनभने उसको शरिरले अनुकुल तापक्रम खोजिरहेको हुन्छ । त्यसैगरी मानिसको जिवनमा पनि बिभिन्न खालका बातावरणहरु आउँछन् जान्छन् ।
बिभिन्न प्रतिकूल वातावरणहरुलाई अनुकूल बनाउनको लागि वातावरणमा भिज्दै आफूलाई सोही अनुसारको परिवर्तन गर्दै लैजानु पर्छ ।
फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकलाई चीनको बजारमा स्थापित गर्न धेरै संघर्ष गर्नु परेपछि उनले चिनियाँ भाषा सिकेर चिनका ब्यापारीहरुसँग निकट सम्बन्ध बनाउने रणनीति लिए । जुन वातावरण अनुकूल बनाउन आफूलाई तयार पारेको एउटा गतिलो उदाहरण हो ।
समुन्द्र सतहमा पानी उम्लन १०० डिग्री सेल्सियस र पानी बरफ हुन ० डिग्री सेल्सियस चाहिन्छ । तर, १०० मा १ डिग्री कम अर्थात ९९ डिग्री मात्र भएपनि पानी उम्लदैन भने १ डिग्री सेल्सियसमा पानी बरफ बन्दैन । जसरीे १ डिग्री सेल्सियस थपघटले पानीमा चमत्कारीक परिवर्तन ल्याउँछ, त्यसरी नै उचित संस्कारको मिलान हुन सके मर्जरबाट संस्थाहरु चमत्कारीक परिवर्तन आउन सक्छ । जसलाई हामी मर्जरको सिनर्जी ईफेक्ट भनेर बुझ्छौ । मर्जरमा सिनर्जी इफेक्ट भनेर १+१=३ वा १+१=११ बुझिन्छ ।
कुनै कुनै मर्जरलाई कोदो र तोरीको मिसावट भनेर पनिभन्ने गरिन्छ । तर उचित संस्कारको मिलान भएमा मर्जरमा केमेष्ट्री साईन्समा २ वा दुइभन्दा बढी रसायनहरुको मिश्रणबाट नयाँ पदार्थको उत्पादन भएजस्तै संस्थामा उल्लेखनीय परिवर्तन आई उत्पादकत्वमा समेत राम्रो बृद्धि हुनसक्छ ।
जसरी मानिसका हातका ५ औंला बराबर हुँदैनन् त्यसरी नै सबै मानिसका सोच एकै हुँदैनन् । संस्थामा केही मानिसहरु खराब पनि हुन सक्छन् । त्यसैले मर्जरपछि संस्थामा कुनै एक दुई ब्यक्तिले सोचे जस्तो ब्यवहार गरेन भनेर कर्मचारी आत्तिनु हुंदैन । त्यसैगरि ब्यवस्थापन आफ्नो पकडमा छ भनेर मात्तिनु पनि हुंदैन । आत्तिए वा मात्तिए मर्जर असफल हुनसक्छ । मर्जरपछिको अन्तरिम समयमा केहि समय केहि गाह्रो तथा अप्ठ्यारो भएता पनि ब्यवस्थापनसँग बसेर छलफल गरेर समाधान गर्नेतर्फ लाग्नुपर्छ ।
नेपाल राष्ट्र बैंकले १ बर्षसम्मको समयलाई अन्तरिम समय मानेको भएता पनि मर्जरपछिको ६ महिना बिशेष हुन्छ । र, कर्मचारीहरुको लागि यो समय परिक्षणकाल जस्तै हो । र, यो ६ महिनादेखि १ बर्षसम्मको समय हटेर होइन डटेर समस्याको समाधान गर्न तयार रहनुपर्छ । हरेक दिनपछि रात आउँछ, डिजिटलको जमानाभन्दा पहिला फोटोको नेगेटिभलाई अँध्यारो कोठामा धुलाइन्थ्यो र सुन्दर फोटो निकालिन्थ्यो । मर्जरमा पनि परिक्षणकालपछि सुन्दर दिन आउँछन् । आत्तिनु र मात्तिनु चाहीँ हुँदैन ।
मर्जरको मुख्यउदेश्य भनेको नै संस्थालाई अझ बलियो बनाउनु रहेकोले मर्जरमा सम्मिलित संस्थाका कर्मचारीहरुले संस्थाको हितलाई केन्द्रबिन्दुमा राखेर आफूले अरुलाई के दिन सक्छु भन्ने दृष्टिले सोच्नुपर्छ । उचित मिलानको लागि लिने र दिनेबीचको सन्तुलन हुनुपर्छ । मर्जरमा संस्कार मिलान एउट यस्तो प्रक्रिया हो, जसमा दिने मानिसको सँधै जित हुन्छ । र, दिएभन्दा बढी प्रतिफल पाउँछ । दिने, बाँड्ने भन्ने शब्दले टिम वर्कलाई पनि जनाउँछ ।
सहकर्मी साथीहरुलाई राम्रो काम गर्ने वातावरण दिने, साथीहरुलाई आफूले जानेको कुराहरु सिकाउने साथीहरुसँग सुख दुख बाँड्ने आदि । संस्था कस्तो बन्छ भन्ने कुरा संस्थाका कर्मचारीहरुले दिने संस्कारमा भर पर्ने भएकोले सफल मर्जरको लागि ब्यवस्थापनले उचित संस्कारको मिलान गर्न ध्यान केन्द्रित गर्नुपर्छ । उचित संस्कारको मिलान भएमा संस्थाले सिनर्जी इफेक्ट ल्याउन सक्छ ।
-डा. बुद्धि मल्ल