झार पनि बाली जस्तो लाग्छ,

भिड पनि खाली जस्तो लाग्छ ।।

मन नै अशान्त छ भने,

मित्र पनि मवाली जस्तो लाग्छ ।।

***************************

सिरक पनि जाली जस्तो लाग्छ,

खोला पनि नाली जस्तो लाग्छ ।।

बिश्वास नै लाग्ने नभएपछि,

मित्र पनि मवाली जस्तो लाग्छ ।।

***************************

हांस्दा पनि गाली जस्तो लाग्छ,

अधिकार पनि हालीमुहाली जस्तो लाग्छ ।।

नेताहरुमा नैतिकता हराएको देख्दा,

मित्र पनि मवाली जस्तो लाग्छ ।।

 

–डा. बुद्धि मल्ल