ठुलो सपना देख्नेको खोपडी गज्जबको हुन्छ,
सपना पछ्याउंदाको छटपटी गज्जबको हुन्छ ।।
फैलिएछन् भाईरस जस्तै राजनिती जताततै,
अघि बढ्न खोज्नेहरुको कबड्डी गज्जबको हुन्छ ।।
********************************
पछि पर्नेहरुको हडबडी गज्जबको हुन्छ,
सत्तापक्ष प्रतिपक्षको सहमति गज्जबको हुन्छ ।।
नोकरीमा चाकरी गर्नुपर्छ भन्छन यिनिहरु,
अघि बढ्न खोज्नेहरुको कबड्डी गज्जबको हुन्छ ।।
********************************
सेटिङ्ग मिलाउनेहरुको प्रगति गज्जबको हुन्छ,
मिल्न नसक्नेहरुको दुर्गति गज्जबको हुन्छ ।।
बिभाजन गर्ने अनि शासन चलाउने ध्यानमा यहां,
अघि बढ्न खोज्नेहरुको कबड्डी गज्जबको हुन्छ ।।