पृथ्विका सबै जिवहरु पेट भर्नको लागि संघर्ष गर्छन,
तर, मानिसको जाति भने लोभको लागि संघर्ष गर्छन् ।।
दौडमा भाग लिने घोडाले जान्दैन सफलता के हो भनेर,
उ त केवल मालिकले दिने पिडा सम्झेर दौडिन्छ ।।
यदि हामीले पनि समस्याहरु भोगिरहेका छौं भने सम्झनुपर्छ कि,
हाम्रो मालिक अर्थात भगवानले हामी सफल भएको देख्न चाहानुहुन्छ ।।
मानिसको लोभ कहिल्यै पनि खत्तम हुंदैन, एउटा पायो अर्काे उत्पन्न हुन्छ,
चराहरु राति खांदैनन, घुम्दैनन पनि, अनि मानिस जस्तो चाहिने भन्दा बढि खांदैनन् पनि ।
प्राय मानिसहरु सबथोक पाएर पनि दुखी नै देखिन्छन्,
तर, जिवहरु भने तिनै मानिसले फालेका खानेकुराहरु पांउदा पनि औद्यी खुशि हुन्छन् ।।
हामी कसैले पनि घमण्ड गर्नु बेकार हुन्छ,
ईश्वरले हामी जस्ता कतिलाई माटोबाट बनाएर माटोमै मिलाईदिनुभएको छ ।।