यदि जिन्दगी सांच्चै नै किताब हुन्थ्यो भने
पढ्न सक्थें कि, पछि के हुनेछ भनेर ।
के पाउनेछु, के गुमाउनेछु भनेर ।
कहिले थोरै खुशि मिल्छ, कहिले डांको छोडेर रुन्छु भनेर ।
यदि जिन्दगी सांच्चै नै किताब हुन्थ्यो भने
च्यातिदिन्थे त्यो पानालाई जसले मलाई रुवाउंथ्यो ।
जोड्थें जुन पन्नाले मलाई हंसाएको थियो ।
कति पांए, कति गुमाएं हिसाब राख्न सक्थें ।
यदि जिन्दगी सांच्चै नै किताब हुन्थ्यो भने
समयलाई छलेर कहिले पछि जान्थे, कहिले अघि ।
पूरा गर्न नसकेको सपनालाई फेरी सजाउंथे
केहि क्षणको लागि म मुसुक्क मुस्काउंथें ।
यदि जिन्दगी सांच्चै नै किताब हुन्थ्यो भने ………