धन कमाउंदा पनि उदास हुन्छन् धेरै,
सानो कुरामा पनि हतास हुन्छन् धेरै ।।
खुशि त हुन खोज्छन् सबै मानिसहरु,
त्यहि खोजिमा सत्यानाश हुन्छन् धेरै ।।
आफ्नै संग हार्दा त खुशि मान्नु पर्छ,
आफूसंगै भने संधै जित्न जान्नु पर्छ ।
कस्तो बन्ने मानिस निर्भर हुन्छ संगतमा,
राम्रो मानिससंग संगत गर्न जान्नु पर्छ ।
मुश्किललाई पराजित गर्न सिक्नु पर्छ ।
पिडासंग मित लगाउन सिक्नु पर्छ ।।
जिन्दगीको अंगहरु रहेछन् हार जित त,
यसलाई संगित बनाउन सिक्नु पर्छ ।।