यि पिडाहरुको आंशुहरु झर्न पाए राम्रो हुन्थ्यो,
अबिश्वासका खाडलहरु भर्न पाए राम्रो हुन्थ्यो ।।

केहि राम्रा काम भए तर केहि गर्न सकिएन,
गल्तिहरुलाई CTL+Z गर्न पाए राम्रो हुन्थ्यो ।।

राख्नु हुन्न पिडा लुकाएर धेरै समय मनैभित्र,
मनको चोटलाई मल्हमले भर्न पाए राम्रो हुन्थ्यो ।।

शक्तिको होडबाजीमा एकले अर्काेलाई सिध्याउने खेलमा,
ठांउठांउमा शान्तिको बिउ छर्न पाए राम्रो हुन्थ्यो ।।