कान नसुन्ने र आंखा नदेख्ने मानिस धेरै छन यहां,
राम्रा देख्दैनन् नराम्रा लेख्ने मानिस धेरै छन् यहां ।।
स्वार्थको लागि तयार हुन्छन नैतिकता बन्धकी राख्न,
फाईदाको लागि आमाकै टाउको टेक्ने धेरै छन् यहां ।।
आफैले चुनेका प्रतिनिधिलाई चोर भनेको सुन्नुपर्छ,
पहिला ताली बज्ने भाषण पनि बोर भनेको सुन्नुपर्छ ।।
राख्नुपर्ने थियो जनताले आफ्नो मनको सिंहासनमा,
आक्रोशित भिडले जेलको खोर भनेको सुन्नुपर्छ ।।
जनताहरु समस्या समाधान हुन्छ भन्ने आशमा थिए,
सरल हुन्छ कामकाज भन्ने बिश्वासमा थिए ।।
बिर्सिदिए बाचा कसम जनताबाट चुनिएर गएपछि,्
ब्यस्त भए दुनो सोझाउन जो उनिहरु खासमा थिए ।।