महान बैज्ञानिक अल्बर्ट आईन्सटिनले भनेका छन् “हिंजोबाट सिक, आजको लागि बांच र भोलीमा आश गर”। बेलायतका लेखक तथा कबि टि.एस. ईलिअट भनेका छन् “गएको बर्षको शब्द गएको बर्षकै भाषा थियो, अर्को बर्षले अर्कै भाषा प्रतिक्षा गर्दछ” । अमेरीकी फूटबलर विलियम थोमसले भनेका छन् “यदि म सँग दुख वा पश्चाताप छैन भने नयाँ बर्ष पनि हुंदैन”।
बास्तवमा मानव जिवनमा नयां बर्षको निकै महत्व हुन्छ तर, अधिकांश मानिसहरु यसको बास्तविक महत्वलाई नै बुझ्न सकेका हुंदैनन् । नयाँ बर्षमा साथिभाई, ईष्टमित्र तथा शुभेच्छकहरुलाई खुशि, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरिन्छ । कोहि मन्दिरमा गएर यस्तै प्रकारका खुशियाली, दुख वा परिस्थितीको सामना गर्न शक्ति माग्छन् । परिवार तथा साथिभाईलाई, ईष्टमित्रलाई खुशि, सुखी राख्न सकुं भनि कामना गर्छन् वा आफूले गरेको कुनै गल्ति भए माफ गरिदिन अनुरोध गर्छन् ।
प्राय कुनै पनि ब्यक्तिले शुभकामना दिँदा वा आशिर्वाद लिँदा ठुलो घर प्राप्त होस्, लाखौं करोडौं धन प्राप्त होस् , ठुलो चिठ्ठा परोस् भनेर शुभकामना दिने वा लिने गर्दैनन् । घर, नगद, पदोन्नती, मुनाफा जस्ता चिजहरु परिणामहरु हुन् जुन चिजहरु नयाँ बर्षमा शुभकामना दिईदैन । किनभने परिणम भनेको शुभकामनाबाट प्राप्त गरिदैनन् । परिणाम प्राप्त गर्नको लागि मानिसले मेहनत गर्नुपछ ।
नयाँ बर्षलाई हर्षोउल्लासका साथ स्वागत गर्नु पछाडीको उदेश्य हो कि, अघिल्लो बर्ष जे जसरी बिते पनि, यो बर्षमा म संधै खुशिका साथ बिताउनेछु । यो बर्ष म त्यस्तो कुनै कार्य गर्नेछैन कि, जसले गर्दा म दुखी हुन परोस् । अल्बर्ट आईन्सटिनले “हिजोबाट सिक, आजको लागि बांच र भोलीमा आश गर” भने झै हिंजोको अनुभव तथा गल्तिबाट सिकेर आज हास्छु, आफू रमाउंछु र अरुलाई पनि रमाउन मद्धत गर्छु र भोलिको लागि ज्ञान, शिप, मान, प्रतिष्ठा आदि कमाउछु अनि धन पनि कमाउछुु भन्ने सन्देशलाई मनन गर्नुपर्छ ।
टि.एस. ईलिअटले भने अनुसार गएको बर्षको शब्द गएको बर्षकै भाषा थियो, अर्को बर्षले अर्कै भाषा प्रतिक्षा गर्दर्छ भनेझै हामिले यस बर्ष सफलता प्राप्त गर्नुछ भने नयाँ शिप तथा ज्ञान हांसिल गर्नुपर्छ । अघिल्लो बर्ष सिकेको ज्ञान तथा शिपले यो बर्ष पनि चाहेको सफलता हांसिल गर्न सकिंदैन । नयाँ बर्षमा नयाँ थप ज्ञान तथा शिपहरु हांसिल गर्नेतर्फ ध्यान दिनु जरुरी हुन्छ त्यसैकारण गर्दा संसारका ख्यातिप्राप्त बिद्धानहरुले एकपछि अर्को नयाँ नयाँ ज्ञान तथा शिपहरु हांसिल गर्नको लागि तल्लिन रहन्छन् ।
विलियम थोमसले भनेका छन् “यदि म संग दुख वा पश्चाताप छैन भने नयाँ बर्ष पनि हुंदैन” । विलियम थोमसले आफ्नो भनाईमा मानिसहरुलाई जिन्दगीलाई सुन्दर रुपमा ग्रहण गर्न र लक्ष्य प्राप्ति गर्नको लागि कहिल्यै हार नमान्न सुझाएका छन् । उनले दुख वा पश्चातापलाई लाई जिन्दगीको एउटा सुन्दर उपहारको रुपमा लिएका छन् । नयाँ बर्षलाई दुख वा पश्चातापलाई सुधार गर्ने एउटा सुवर्ण अवसर मानेका छन् ।
ब्लुमबर्ग न्यूजका सिईओ तथा संस्थापक माईकल ब्लुमबर्गले २०१७ सालमा लागि हर परिस्थितीको सामना गर्ने, आफ्नो सिप, कला तथा ज्ञानलाई निरन्तर निखार्दै लैजाने बताएका थिए । उनका अनुसार कुनै पनि प्रकारका सिप, कला तथा ज्ञानले जिन्दगीमा कुनै नै कुनै बखत फाइदा दिन्छ ।
फेसबुकका संस्थापक मार्क जुकरबर्गले २०१७ मा धेरै भन्दा धेरै ब्यक्तिहरुसंग सम्पर्क गर्ने, उनिहरुको कसरी जिवन बिताईराखेका छन्, काम गरिराखेका छन् र भविष्यको बारेमा कसरी सोंचिराखेका छन् भन्ने सम्बन्धमा जानकारी लिने योजना बनाएको बताएका छन् ।
अमेरिकामा ४५ प्रतिशत मानिसहरुले नयाँ बर्षमा बिभिन्न प्रकारका प्रतिज्ञाहरु गर्छन जसमध्ये ८ प्रतिशतले आफ्ना प्रतिज्ञा बर्ष समाप्त हुनुभन्दा पहिला पूरा गर्छन भने ५० प्रतिशतले ६ हप्ताभित्रमा नै प्रतिज्ञा तोड्छन् । एक अध्ययन अनुसार अमेरिकीहरुले २०१७ मा निम्न बमोजिमको कार्यहरुलाई प्राथमिकता दिएका थिए । १। वजन घटाउने २। आफूलाई ब्यवस्थित बनाउने ३। मितब्ययिता अपनाउने र बढि बचत गर्ने ४। जिन्दगीमा भरपूर आनन्द लिने र पूर्ण जिवन बिताउने ५। फिट र स्वस्थ रहने ६। नयाँ नयाँ ज्ञान हांसिल गर्ने ७। धुम्रपान छोड्ने ८। अन्यको सपना पूरा गर्न सहयोग गर्ने ९। प्रेममा पर्ने र १०। परिवारसंग अधिक समय बिताउने ।
देश परिस्थिती, भूगोल, संस्कृती, धर्म अनुसार नयाँ बर्षमा मानिसहरुले गर्ने प्रतिज्ञा फरक हुन सक्छन् तर, प्रतिज्ञा जस्तो सुकै भएपनि प्रतिज्ञा पूरा गरेको उक्त ब्यक्तिलाई सकरात्मक लाभ हुन्छ । कुनै पनि कार्यको थालनी गर्नु भनेको सो कार्य आधा सकिनु बराबर हो तर, यो थाहा हुंदा हुंदा पनि हामिहरुलाई थालनी गर्नको लागि नै कठिन लाग्छ । कार्य पूरा गर्नको लागि हामिलाई धर्यको आवश्यकत्ता पर्छ । धर्य गर्ने बानी बसाल्नुपर्छ । कुनै पनि ब्यक्ति १ कक्षाबाट २ कक्षामा जानको लागि १ बर्ष पढ्नुपर्छ, १ बर्ष धर्य गर्नुपर्छ भने हामिले आफ्नो जिन्दगीमा तय गरिएको लक्ष्य प्राप्ति एकैछिनमा हुंदैन भन्ने हामिले हेक्का राख्नुपर्छ ।
दशरथ माझीको जिवनीमा आधारित रहेर सन् २०१५ मा बनेको नवाजुद्धिन सिद्धिकिद्धारा अभिनित बलिउड चलचित्र माझी–द माउन्टेन म्यानमा माझी बनेको सिद्धिकिले भन्छन् भगवानको भरोसामा नबस्नु, के भर भगवान हाम्रो भरमा बस्नुभएको छ कि १ चलचित्रले हामिलाई कुनै पनि कामको नतिजाको लागि हामि आफैले काम गर्नु जरुरी छ भन्ने सन्देश दिएको छ । भगवानको जति भक्ति तथा प्रार्थना गरेपनि लक्ष्य प्राप्तिको लागि हामि दत्तचित्त भएर नलागेमा सफलता हांसिल गर्न सकिंदैन । प्रतिज्ञा कस्तो हुनुपर्छ भन्ने यो चलचित्रमा दशरथ माझीको प्रतिज्ञा एउटा राम्रो उदाहरण रहेको छ । माझीले एक्लैले भारतको बिहार राज्यको गया नजिक गेहलउर गांउमा केवल घन र गैतीको सहायताले २२ बर्ष लगाएर ३६० फिट लामो २५ फिट गहिरो र ३० फिट चौडा सडक बनाएका थिए ।
बास्तवमा नयाँ बर्ष बाटो बिराएकोलाई सहि बाटोमा हिंड्न सिकाउने र पहिल्यै नै सहि बाटोमा हिंडिराखेकोहरुलाई थप बिश्वस्त भई अझ राम्रो गतिमा हिंड्न सिकाउने दिन हो । यदि हामिले नयाँ बर्ष एकदमै हर्षोउल्लासको साथ मनाएर स्वागत गर्यौ तर, अन्य ३६४ दिन पहिलाको जस्तै वा यथास्थितीमा बिताउन थाल्यौं भने नयाँ बर्षको स्वागत अर्थहिन हुन्छ ।
हरेक दिन कुनै पनि गलत कार्य गर्नुपूर्व नयाँ बर्षलाई स्वागत गर्दा खाएको कसम वा प्रतिज्ञालाई सम्झनुपर्छ । नयाँ बर्षमा म फरक ढंगले अघि बढ्नेछु, नयाँ तरिकाले सोंच्नेछु, नयाँ तरिकाले कार्य गर्नेछु, ३६५ दिन नै खुशिका साथ बिताउनेछु, खराब बानी, खराब आचारण त्याग्नेछु, सबैलाई सम्मान गरेर आफूले पनि सम्मान प्राप्त गर्नेछु, असफलतासंग डराउनेछैन, लक्ष्य प्राप्तिको लागि आवश्यक नयाँ नयाँ ज्ञान तथा शिपहरु हांसिल गर्नको लागि कहिल्यै कन्जुस्यांई गर्नेछैन आदि जे जस्ता कसम वा प्रतिज्ञाहरु गरिएका थिए, सबैलाई आफूले देख्ने गरि भित्तामा लेखेर राखेमा सो को कार्यान्यवन गर्न सजिलो हुन्छ ।
ब्यक्तिले आफ्नो सामथ्र्य अनुसारको कसम वा प्रतिज्ञा गर्नुपर्छ र पूरा गर्न सकिनो खालको यथार्थवादी हुनुपर्छ। नयाँ बर्षमा हामिले एकदमै ठुलै प्रतिज्ञा गर्नुपर्छ भन्ने छैन । सानै भए पनि, जे प्रतिज्ञा लिन्छौं, त्यसलाई शत प्रतिशत पूरा गर्ने पूर्ण योजना बनाएर अगाडी बढ्न सक्यौं भने पनि जिवनमा उल्लेखनिय परिवर्तन ल्याउन मद्धत गर्न सक्छ । दशरथ माझी जस्तै आफ्नो प्रतिज्ञामा प्रतिबद्ध रहौं । नयाँ बर्ष २०८१ मा यहांहरुको गर्नुभएको कसम वा प्रतिज्ञा पूरा होस, यहांहरुलाई धर्य धारण गर्ने क्षमताको विकास होस्, सकरात्मक सोंच, मेहनत, ज्ञान तथा शिपको भोकले कहिल्यै पनि साथ नछोडोस् । नयाँ बर्ष २०८१ को अवसरमा यहांहरुलाई सुख, खुशी, समृद्धि तथा सफलताको शुभकामना । नयाँ बर्ष शुभ रहोस शुभकामना । शुभकामना ।।