खुशिको दियो जलोस जताततै,
मनमा बसोस् मांयाको बास् ।
प्रत्येक दिन नयां बिहानी बनोस्,
जिवन आनन्द बनोस् संधै नै हर्षाेउल्लास् ।।
…………………………………..
सम्बन्धहरु होउन् निक्कै सरल,
नहोस् झुुठा कुरा अनि छल पनि ।
मिलोस् खुुशी स(साना कुरामा पनि,
सपना पुरा हुनलाई मिलोस् बल पनि ।।
………………………………………..
कहिल्यै हार्न नपरोस् दुखको पिडासंग,
सबैको मनमा मांयाले बास गरोस् ।
सबैको मुहारमा मुस्कान चम्कियोस,
ईष्र्या र अहंकारहरु सबै नाश गरोस् ।।
…………………………………………
साना सानो खुशी पनि ठुलो लागोस्,
प्रत्येक क्षणहरु आनन्दले भरियोस् ।
सांचो मनले बांचुन सबै मानिसहरु,
प्रत्येक श्वासले मुस्कान छरियोस् ।।
…………………………………….
सुुख दुख आओस् अनि जाओस् पनि,
तर खुशीको जादुु संधै रहिरहोस् ।
जिवन यस्तो बांचौं हामी सबैले,
मुश्किल क्षण पनि प्यारो भईरहोस् ।।