बिदेशिने सन्तानलाई बिदाई गर्नु नपरोस नयां बर्षमा ।
नागरिकले थप ऋणभार भर्नु नपरोस् नयां बर्षमा ।।
सोझा नेपालीहरुकोको घाउमा मल्हन लगाईदिनु है,
खान नपाई कोहि पनि मर्नु नपरोस नयां बर्षमा ।।
************************************
बन्द हड्ताल नहोस, देश बनाउन एकजुट होस् ।
अब देश विकास नगर्ने कसैलाई छुट नहोस् ।।
बिर गोर्खाली, सगरमाथा र बुद्धको देशमात्रै होईन,
देश समृद्धिको देश र नेपालीहरु विकास दुत बनोस् ।।
***************************************
बिदेशिएकाहरुले देश फर्किर्ने कारण पाउन थालोस्,
एकताबद्ध भई एकअर्काको हात समाउन थालोस् ।।
जिवनमा प्रगति नै प्रगति होस्, सुखी परिवार बनोस,
सबैको मेहनतले फल पाओस् सपना साकार बनोस् ।।
***************************************
हिंजो गाली खानेहरुले पनि राम्रो काम गर्न थालोस् ।
ढिलासुस्ती गर्नेहरुले पनि काम तमाम गर्न थालोस् ।।
बनाउंछ स्वर्ग यहि धर्ति यदि सकरात्मकले बास गरे,
उपचार पाओस् सबैले, समयमै रोगथाम पाउन थालोस् ।।
****************************************
नयां बर्षले हाम्रो देशलाई मांयां गर्ने बनाओस् ।
यहि बसेर नै धेरै चिज पांए भन्ने बनाओस् ।।
शक्ति देओस् जस्तो सुकै समस्याको पनि गर्ने सामना,
उत्तरोउत्तर प्रगतिको दिन्छु नयां बर्षको शुभकामना ।।
****************************************
नयां बर्षले तपांईलाई थप जोश, जांगर देओस, तपांईको जिवनमा खुशियाली छाओस्, तपांईको सुस्वास्थ तथा दिर्घायुको कामना गर्दछु । नयां बर्षको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
-डा. बुद्धि मल्ल