कोहि कसैलाई धोका नदिए क्या खुब हुन्छ ।
धोका दिइसकेकोलाई बिश्वास गर्ने बेवकुफ हुन्छ ।।
नक्कली मुस्कानको बिगबिगी बढ्दैछ समाजमा,
शक्तिको अगाडी मै हुं भन्ने पनि चुप हुन्छ ।।

*********************************

मनमै गुम्स्याएर राखिएका बातहरु धेरै छन् ।
निदाउनै नसिकएका रातहरु धेरै छन् ।।
अरुको कमजोरी खोतल्ने होडबाजी छ यहां,
चर्काे बोलेर जित्छु भन्ने जमात धेरै छन् यहां ।।

*********************************

फरक मत राख्यो भने बिवाद हुनसक्छ,
राख्दै राखेन भने झन बर्बाद हुनसक्छ ।
सम्मान दिन सके यहां संवाद हुनसक्छ,
बोली थाम्न सके मेलमिलाप हुनसक्छ ।।

-डा. बुद्धि मल्ल