जल्न चाहाने दिपले हावासंग डराउंदैन,
आशा जिवित हुनेले रुंदैन कराउंदैन ।।
थाक्ला पाईला, लडला भुंईमा कैयौं पटक,
तर, सक्दिन भनेर हरेश खान मनपराउंदैन ।।
*******************************
क्षणिक चमक भन्दा आत्मसन्तुष्टि खोज्छ,
स्वार्थ पूरा गर्न अनैतिक कार्य गराउंदैन ।।
सत्य बोल्ने ओंठहरुमा कालो बादल लाग्ला,
तर, भगवानले उनिहरुलाई कहिल्यै हराउंदैन ।।
***********************************
मन बेचेर लाभ लिनु जित होईन हार हो,
असल मानिस ईमान बेच्न मनपराउंदैन ।।
सांचो मुस्कान जन्माउंछ चोटले, सजावटले होईन,
बिश्वासको महल सानोतिनो आंधीले ढलाउंदैन ।।
-डा. बुद्धि मल्ल