अहिले नेपालमा आन्तरिक पर्यटनले राम्रो गति लिएको अवस्था छ । बिदामा घुम्न जाने संस्कृति विकास हुंदै गईराखेको छ जुनपर्यटनको लागि राम्रो संकेत हो । फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालहरुले पर्यटकहरु आकर्षित गर्न ठुलो भूमिका गरिरहेको देखिन्छ ।

सन् २०१५ को डाटा अनुसार फ्रान्सले सबैभन्दा बढि ८ करोड ५४ लाख पर्यटकहरु भित्र्याएको थियो भने, त्यसपछि दोश्रो स्थानमा रहेको अमेरिकाले ७ करोड ७५ लाख, तेश्रो स्थानमा रहेको स्पेनले ६ करोड ८२ लाख र चौंथौं स्थानमा रहेको चिनले ५ करोड ६९ लाखपर्यटक पर्यटक भित्र्याएको थियो । भारतले सोहि बर्ष ८० लाख ३ हजार र नेपालले ५ लाख ३८ हजार पर्यटक भित्र्याएको थियो ।

दोश्रो स्थानमा रहेको अमेरिकाले सन् २०१५ मा पर्यटकहरुबाट २०४.५ विलियन डलर कमाई गरि पर्यटकहरुबाट सबैभन्दा बढि कमाउने राष्ट्रमा आफूलाई प्रथम स्थानमा राख्न सफल भएको थियो भने चौंथौं धेरै पर्यटक भित्र्याउने चिनले कमाईमा दोश्रो रहि ११४.१ विलियन डलर कमाएको थियो । तेश्रो धेरै पर्यटक भित्र्याउने स्पेन कमाईमा पनि तेश्रो नै रहि ५६.५ विलियन डलर कमाई तेश्रोमा नै रहेको थियो भने पर्यटक भित्र्याउन प्रथम भएको फ्रान्स ४५.९ विलियन डलर कमाई चौंथौं स्थानमा रहन सफल भएको थियो ।

संसारकै सबैभन्दा बढि पर्यटक भित्र्याएको फ्रान्सको जनसंख्या ६,४३,८०१ बर्ग किलोमिटर अर्थात नेपालको भन्दा करिब ४ गुणा ठुलो छ । तर तथ्याङक अनुसार नेपालले भन्दा १५८ गुणा बढि पर्यटक भित्र्याएको देखिन्छ । फ्रान्सको ईफिल टावरले धेरै पर्यटकहरु आकर्षण गरेको देखिन्छ । ईफिल टावर जस्तै नेपालमा धरहराले धेरै पर्यटकहरुलाई आकर्षण गरेको थियो तर भुकम्पले धरहरा भत्काएको लामो समय भईसक्दा पनि पुर्ननिर्माण हुन सकेको छैन । यसतर्फ ध्यानदिई राम्रो धरहरा बनाउनेतर्फ ध्यानदिनु जरुरी छ । फ्रान्समा पर्यटक आकर्षण गर्ने ड्युन अफ प्याला प्याराग्लाईडि∙भन्दा उत्कृष्ट र संसारकै उत्कृट प्याराग्लाई∙ि स्थल पोखरामा नै भएकोले यसको प्रवद्र्धन र विकास गर्नेतर्फ ध्यान दिनुपर्छ । फ्रान्सको जर्ज डु भर्डन जस्तो नदीहरु पनि नेपालमा प्रसस्तै छन् । भौगोलिक कारणले फ्रान्समा भएको तर नेपालमा नभएको चिजहरु भौतिक पूर्वाधारहरु र समुन्द्र नै हुन् ।

अधिकांश नेपाल घुम्न आउने पर्यटकहरु धार्मिक पर्यटकहरु पशुपतिनाथ, जानकीमन्दिर तथा मुक्तिनाथ, लुम्बिनी जस्ता मन्दिरहरु दर्शन गर्नको लागि, अन्य पर्यटकहरु सगरमाथा, चितवन तथा बर्दिया राष्ट्रिय निकुञज, पोखरा, बिभिन्न पैदल मार्गहरु घुम्न आउने गरेको पाईन्छ ।

पर्यटक भित्र्याउन चौंथौ भएको चिनले कमाईमा दोश्रो स्थानमा आउनुको मुख्य गरि पर्यटकहरुको बसाई लम्ब्याउन सफल भएकोले गर्दा सम्भव भएको हो । चिनले पर्यटकहरुलाई आकर्षित गर्नको लागि फ्रान्सको जस्तै ईफिल टावर, लण्डन टावर लगायत संसारका प्रसिद्ध ठांउहरुको दुरुस्तै हुने गरि शहर तथा भौतिक संरचना निर्माण गरेको छ जसले गर्दा चिनले २०१५ मा ५ करोड ५९ लाख पर्यटक भित्र्याउन सफल भएको हो ।

चिनबाट नेपालले सिक्नुपर्ने मुख्यतय पूर्वाधार र ऐतिहासिक महत्वका शहरहरुको निर्माण, पूर्ननिर्माण हो । संसारलाई नै चकित पार्ने द ग्रेट वाल देखि, फरविडन सिटी, द बण्ड ईन सांघाई जस्तो संसारकै उत्कृष्ट मध्यकै एक उत्कृष्ट शहरहरु जस्ताले चिनमा पर्यटकहरुलाई आकर्षित गरेको छ । द ग्रेट वाल जस्तो पूर्वाधारको निर्माणको लागि ठूलो रकम खर्च गर्नु शायद अहिले तत्कालै नेपालको लागि सम्भव पनि नहोला र तत्कालै यो प्राथमिकतामा पनि नपर्न सक्छ तर, चिनको लिनदिलाई पर्यटकिय क्षेत्रमा विकसित गरिए जस्तै नेपालका नदिनालाहरुलाई पनि विकसित गर्न सकिने सम्भावना छ ।

चिनको येल्लो माउन्टेन अर्थात पहेंलो हिमाल जस्तै नेपालका विभिन्न पहाड हिमालहरुलाई अझै ठुलो पर्यटकिय गन्तब्यको रुपमा विकास गर्ने सभ्भावना छ । चिनको पाण्डा (कुकुर जस्तो जनावर ) ले मात्रै ठुलो मात्रामा पर्यटकहरु आकर्षित गरेको छ जुन नेपालमा चितवनको नारायगढबाट करिब ८ किलोमिटर मात्र टाढा रहेको २० हजार तालमा संसारभरकै बिभिन्न जातिका चराहरु, घडियाल गोही, सेतो हांस जस्ता चरा तथा जनावरहरु पाईन्छन भने बाघ, भालु, चितुवा, हात्ति जस्ता जंगली जनावरहरु पानी पिउनको लागि यस तालमा आंउछन्् । यदि यस्ता सम्भावित पर्यटकिय स्थलहरुलाई संरक्षण, विकास तथा प्रवद्र्धन गर्ने हो भने पर्यटनको विकासका ठूलो मद्धत गर्नसक्छ ।

नेपालमा घुम्न आउने पर्यटकहरु सरदर १२ दिन बस्ने गरेको देखिन्छ । पूर्वाधारहरुको विकास गरेर पर्यटकको संख्या बृद्धि गर्ने र उनिहरुको बसाई लम्ब्याउन सकेमा लाखौं बेरोजगार नेपालीहरुले रोजगार र स्वरोजगार पाई देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

पर्यटनले खालि पर्यटन ब्यवसायिहरुको मात्र हितगर्दैन यसले त सारा आर्थिक संग सम्बन्धित क्षेत्र जस्तै कृषि,उद्योग, बैंक तथा वित्तीय संस्थाहरुलाई प्रभाव पार्दछ । पर्यटकहरुको आगमन तथा बसाई बृद्धि भएमा सोको लागि पर्यटन क्षेत्रमा जनशक्तिको आवश्यक्ता बृद्धिभई प्रत्यक्ष रोजगारी बृद्धि हुन्छ भने उनिहरुलाई आवश्यक पर्ने खाधन्न तथा तरकारीहरु स्थानिय स्तरमा माग बृद्धि भई कृषि क्षेत्रमा पनि अप्रत्यक्ष रोजगार तथा सकरात्मक बृद्धि हुन्छ ।

नेपालका होटलहरुको सेवाले अन्तराष्ट्रि स्तरको सुविधा दिनको लागि सक्षम छ । तर ति होटलहरुमा पकाईने खानेकुराहरु खाद्य बस्तुहरु, मासु तथा तरकारीहरु विदेशबाट नै मगाउनुपर्ने अवस्था छ । नेपालमा आउने अन्तराष्ट्रिय पर्यटकहरुलाई नेपालमै उत्पादित माछा मासुहरु तथा परिकारहरु ख्वाएर नेपाली भोजनहरुको स्वादमा लोभ्याई बानि बसाल्न सकियो भने खाना पर्यटनले पनि पर्यटन उद्योगमा ठूलो टेवा दिनसक्छ र नेपाली उत्पादनको माग बृद्धि गरि रोजगार विकासमा मद्धत गर्न सक्छ फलस्वरुप देशको अर्थतन्त्रमा सकरात्मक प्रभाव पार्न मद्धत गर्नसक्छ ।

खाना पर्यटनको लागि फ्रान्स संसारभरमा सबैभन्दा अगाडी छ । फ्रान्समा त्यहांको स्थानिय खाना तथा वाईन पिउनको लागि संसारभरबाट मानिसहरु आउने गर्छन । स्थानिय खाना मार्फत पर्यटक आकर्षित गर्न आयरल्याण्ड, फिलिपिन्स, क्यानाडा जस्ता देशहरुले बिशेष महत्व दिई राखेका छन् भने लण्डन, पेरिस, न्यूयोर्क, बर्लिन, म्याड्रिड, क्वालाल्वाम्पूर, बार्सिलोना, लिस्बोन, रोम जस्ता संसारका मुख्य शहरहरुमा खाना पर्यटन मार्फत पर्यटनमा राम्रो विकास गरिराखेका छन् ।

सन् २०१५ मा पराग्वे र ताजिकिस्थानले पर्यटक उल्लेखनिय मात्रामा बृद्धि गर्न सफलभएको छ । सन् २०१५ मा पराग्वेले ९७ प्रतिशत र ताजिकिस्थानले ९४ प्रतिशतले पर्यटक बृद्धि गर्न सफल भएको छ । सन् २०१४ सम्म दक्षिण अमेरिकामा नै सबैभन्दा कम पर्यटक भित्र्याउने पराग्वेले सन् २०१५ मा एकैपटक ९७ प्रतिशतले बृद्धि गरि दक्षिण अमेरिकाको आठौं पर्यटकिय गन्तब्यको रुपमा स्थान ओगट्न सफल भई पर्यटनमा ठुलो फड्को मार्ने संकेत दिएको छ । अर्जेन्टिना, ब्राजिल र बोलिभियाको बिचमा रहेको र क्षेत्रफलको हिसाबले नेपाल भन्दा पौने ३ गुणा ठुलो रहेको पराग्वेमा सम्म भूमागको साथसाथै नेपालकै जस्तै नदिनाला तथा जंगलहरु छन् ।

सन् २०११, २०१२ सम्म कूल ग्राह्स्थउत्पादन बृद्धिदर नकरात्मक रहेको पराग्वेको अर्थतन्त्रअहिले सकरात्मक हुंदै गईराखेको छ ।यति ठुलो बृद्धि गर्नुको मुख्यकारण भनेको त्यहांको राम्रो मौसम, सफा सडक, ठांउठांउमा सुरक्षा जांचको ब्यावस्थाले गर्दा पर्यटकहरुमा सुरक्षाको अनुभूति, राम्रो बस यात्रा सुविधा आदि मुख्य कारण हुन् । बस, कार वा अन्य यात्रामा पर्यटकहरुलाई राम्रो सुविधाको साथै यात्राको साथमा बिभिन्न खालका सांस्कृतिक कार्यक्रमहरु पनि देखाईने हुनाले पनि पर्यटकहरुलाई थप आर्कर्षण गर्न मद्धत पुगेको देखिन्छ भने त्यहांको ट्राभल एजेन्सीबाट पर्यटकहरुलाई प्रदान गरेको आश्वासन भन्दा राम्रो सुविधा दिएर पर्यटकहरुलाई खुशि बनाउने प्रयास गरिन्छ ।

सन् २०१५ को रमादन( मुसलमानहरुको पर्व ) माकरिब १ करोड ४० लाखभक्तहरुले मक्का गए जसमध्ये करिब ५० लाख बिदेशी थिए । भारतको राजस्थानको माउण्ट आबुमा प्रत्येक बर्ष करिब २५ लाख ब्यक्तिहरुले भ्रमण गर्दछन । पर्यटनमा धार्मिक पर्यटनले सबैभन्दा ठुलो महत्व राख्छ ।

हिन्दुको ठुलो जनसंख्या रहेको हाम्रो देश नेपाल र बुद्ध जन्मेको देश पनि भएकोले नेपालमा धार्मिक पर्यटनको रुपमा विकाश गर्नको लागि ठुलो सम्भावना देखिन्छ । जसरी मुस्लिमहरु जिन्दगीमा एकपटक मक्काको दर्शन गर्नैपछ भन्ने भावना र विश्वास छ, त्यसैगरि हिन्दु धर्माम्बवलीहरुमा पशुपतिनाथ, मुक्तिनाथ, ब्यास लगायत मन्दिरहरुको दर्शन गर्नको लागि प्रेरित गर्नको लागि धार्मिक पर्यटन सम्बन्धि कार्यक्रमहरु गर्ने र संसारभरका बुद्ध धर्माम्बवलिहरुलाई गौतम बुद्ध जन्मेको पवित्र स्थल लुम्बिनी भ्रमण गर्नको लागि कार्यक्रमहरु ल्याई पर्यटनको विकास गर्न सकियो भने पर्यटन उधोग फस्टाई देश विकासमा फड्को मार्न सक्छ । पर्यटनको विकास गरौं, देश विकासमा सहयोग पुर्याऔं ।