२००३ अप्रिल २६ गतेको दिन २७ बर्षे एरोन लि रल्स्टन घुम्दै जाने जाने क्रममा एउटा मरभूमिमा जमिन चिरिएको ठांउको एक भागमा सानो प्वाल भएको रल्स्टन जस्तो देख्छ र उसलाई त्यहां के छ भनेर उत्सुकता जाग्छ अनि त्यस प्वालबाट तल झर्न कोशिस गर्न थाल्छ । केहि तल गएपछि अचानक माथिबाट एउटा ठुलो ढुंङ्गा माथिबाट खसेर उसको एउटा हात च्याप्पिन्छ । ढुंङ्गा धेरै नै ठुलो भएकोले उसले हल्लाउन पनि सक्दैन त्यसैले उ त्यहिं नै १२७ घण्टासम्म फंस्न पुग्छ ।
रल्स्टनले अनेक कोशिस गर्दा पनि ढुंङ्गालाई हल्लाउन पनि नसकेपछि उसले परिवार, साथिभाईलाई सम्झन्छ, बिगतका कुराहरु सम्झन्छ, परिवारको मांयां, साथीभाईहरुसंगको रमाईलो पन सम्झन्छ र उ मरिहाल्यो भने पनि पछि अरुलाई थाहा होस् भनेर भिडियो रेकडिङ्ग गरेर सबैलाई सम्झिन्छ । उसंग भएको खानेकुरा सकिन्छ र एउटा बोत्तलमा भएको पानी पनि अड्कलि अड्कलि पिंउछ ।
उसले अझै पनि हिम्मत हार्दैन र आफूसंग भएको हाते चक्कुले च्याप्पिएको हात काट्न थाल्छ । आफैले आफ्नो हात काट्दा उसलाई यति पिडा हुन्छ तर, उसको पिडा सुनिदिने कोहि पनि हुंदैन तैपनि उसले हिम्मत नहारिकन हात काटेर छोड्छ र बाहिर निस्कन सफल हुन्छ । अहिले रल्स्टन बाहिरी प्राकृतिक संसारमा मनोरञ्जन गराउने उद्योगको लागि एउटा ठुलो नाम बनेका छन् भने उनि मेकानिकल ईन्जिनियर र सफल मोटिभेटरको रुपमा चर्चित छन् र उनको यो सत्य घटनालाई आधार बनाएर २०१० मा १२७ आवरमा नामको फिल्म निर्माण गरिएको थियो ।
जिवनमा सानो चोट, सानो पिडा, सानो असफलताबाट पनि हतोत्साहि हुनेहरुले रल्स्टनको यस घटनाबाट ठुलो उत्प्रेरणा लिनुपर्छ । आफ्नै हात आफैले काट्ने हिम्मत गरेर त्यहांबाट बांचेर निस्कन सक्छु र त्यसपछि एउटा हात बिना पनि मैले जिन्दगी राम्रोसंग बिताउन सक्छु भनेर सोंच्न सक्नु एउटा साधारण मानिसको सोंच भन्दा बाहिरको कुरा हो । एउटा साधारण मानिस र एउटा सफल मानिसमा यहि सोंचको फरक हुन्छ । अधिकांश मानिसले यस्तो अवस्थामा केहि सोंच्न सक्दैनन् र रुंदै कराउंदै त्यहि बेहोश भएर मर्न सक्छन् तर, रल्स्टन फरक भएको कारणले उनले साधारण मानिसले सुन्दा पनि कांप्ने आफ्नै हात काट्ने अदम्य साहास गरेर आज बिश्वभर यस्तै साहास बटुल्न र जुनसुकै परिस्थितीमा पनि हिम्मत राख्नको लागि बिश्वभरका मानिसहरुलाई उत्प्रेरण दिएर एउटा हात नभएपनि मानिसले धेरै काम गर्न सक्छन भनेर सन्देश दिएका छन् ।
सामान्यतय मानिसहरुले एउटा हात नभएको, शारिरिक आशक्ता भएको मानिसहरु देखेपछि बिचरा भनेर उनिहरुको जिवनप्रति दया गर्छन, कसैले हेला पनि गर्छन् तर, रल्स्टन भने दयाको पात्र बन्न चाहेनन्, उनि आफूलाई अरुको बोझ बनाउन चाहेनन्, आफ्नो जिन्दगी प्रति कहिल्यै पनि धिक्कार गरेनन् बरु आफ्नो जिन्दगी दिएकोमा भगवानलाई धन्यवाद दिए, समाजलाई आफूले पाएको दुखबाट पाठ सिकाउने कोशिस गरे, जहिले पनि आफूलाई असल ब्यक्ति बनाउने कोशिस गरे त्यसैले यिनिहरु समाजको बोझ नभई समाजको खोज बन्न सफल भए ।
यस संसार रल्स्टन जस्ता अरु केहि मानिसहरु हात गुमाएर, खुट्टा गुमाएर, आंखा गुमाएर तथा शरिरका अन्य बिभिन्न अंगहरु गुमाएर पनि आफूलाई एक सफल ब्यक्तिको रुपमा आफूलाई स्थापित गराएका छन् । यिनिहरुले शारिरिक आशक्तापछि मागेर खाने बिकल्प रोजेनन् बरु, आफूले कमाएर अरुलाई बांड्ने बिकल्प रोजे भने केहि मानिसहरु आशक्ताको बावजुद कडा श्रम गरेर परिवारको जिवन गुजारीरहेका छन् र जिवनमा निराशा होईन अरुलाई पनि आशा बांडिरहेका छन् ।
महामानव ब्रश लि देब्रे खुट्टा दाहिनेको तुलनामा एक ईन्च छोंटो थियो तर, उनले आफ्नो यो कमजोरी जान्दा जान्दै पनि आफूलाई मार्शल आट्समा समर्पित गरेर आफ्नो कमजोरीबाट पनि के फाईदा लिन सकिन्छ र के सुधार गर्न सकिन्छ भनेर सोहि अनुसारको अभ्यासमा लिप्त भए र फलस्वरुप उनले संसारलाई नै मार्शट आर्टस सिकाएर महान ब्यक्ति बन्न सफल भए । ब्रस लिले कहिल्यै पनि आफ्नो खुट्टा छोंटो भएकोमा अफसोच गरेनन्, बरु भगवानलाई धन्यवाद दिए ।
मरभूमिमा रहने उंटको घांटी अन्य जनावरहरुको भन्दा लामो हुन्छ । धेरै बर्ष पहिला मरभूमिमा पनि धेरै जनावरहरु बस्थे । मरभूमिमा कमै बोटबिरुवाहरु हुने र बोटहरुको तल तल घांस रहंदासम्म ति अन्य जनावरहरु पनि बांचिरहेका थिए तर, बिस्तारै बोटहरुको तल तल रहेको घांस सकिंदै गयो र जनावरहरुले उफ्रंदा समेत घांस नभेट्ने भएपछि अन्य जनावरहरु मरे । उंटले भने बिस्तारै बिस्तारै तन्कने प्रयास गर्दै गयो र फलस्वरुप उसले तन्कने प्रयास गर्दा गर्दा उसको घांटि लामो भयो र रुखको माथिसम्मको घांस भेट्न थाल्यो र उनिहरु आजसम्म पनि बांचिरहेका छन् ।
उहिले उंटको घांटि पनि छोंटो नै थियो तर, उसले कमजोरीको बावजुद पनि घांटि तन्काउने कोशिस गरेकोले यस उनिहरु जिवित रहन सफल भएका थिए र घांटि तन्काउंदा उनिहरुलाई कम्ताको पिडा भएन होला । बलिउड अभिनेता ऋतिक रोशन भकभके आवाज र कमजोर शरिरको बावजुद पनि आफ्नो कडा मेहनत र स्पिचथेरापी गरेर एक सफल अभिनेता र संसारकै सुसंगठित शरिर भएको मानिस र सुन्दर मानिस बन्न सफल भएका छन् । लेखिका झमक कुमार जन्मजातै अपांङ्ग हुंदा हुंदै पनि खुट्टाको औंलाले लेख्ने अभ्यास गर्दा गर्दै जिवन कांडा कि जस्तो राम्रो पुस्तक लेखेर मदन पुरस्कार प्राप्त गर्न सफल भईन र दुबै हात नचल्ने, हिंड्न नसक्ने जिवन हुंदा पनि जिवनलाई सुन्दर बनाउन सकिन्छ, धेरै काम गर्न सकिन्छ भनेर झमक कुमारीले संसारलाई नै सन्देश दिन सफल भएकि छिन् ।
जिवन निरन्तर चलिरहने यात्रा हो, जसरी नदिमा पानी बगिरहन्छ, त्यसरी नै जिवनलाई चलायमान बनाईरहनुपर्छ । नदिमा कसैले फोहर फाल्यो भने पानि बग्न छोड्दैन, बांध हाले पनि अर्काे बाटोबाट बग्न शुरु गर्छ तर बग्न भने छोड्दैन, कतिपय अवस्थामा बांधै फूटालेर पनि बग्छ । पानी जस्तै हाम्रो जिन्दगानी पनि निरन्तर चल्नुपर्छ, पानिमा फोहर भएजस्तै, बांध हालेजस्तै जिन्दगीमा पनि समस्या आयो पनि निरन्तर चलिरहनुपर्छ, बाटो परिवर्तन गर्नुपर्छ, बांध फूटालेर भएपनि अगाडी बढ्नुपर्छ । समस्या जिन्दगीको एउटा पाना मात्र हो, जिन्दगी त पूरा किताब हो त्यसैले एउटा पाना भिज्यो वा च्यातियो भने पूरा किताबलाई खराब भएको सम्झनुहुंदैन ।