बर्षायाममा जब पानिको मूल फूट्छ, एउटै जंगलबाट फूटेको पानिको मूल पनि कुनै कुनै मूल कुवां भएर बस्न मन पराउंछ भने कुनै साना खहेर भएर बग्छन् र कुलोको रुप लिएर खेत बारी सम्म पुग्छन तर, कुनै कुनै मूलले भने खोलाको रुप लिएर नदिसंग मिसिएर अन्तत समुन्द्रसंग मिसिन्छ । कुवामा नै लोभिने पानीले कुलो भएर खेत खेतमा चाहारिने र अन्न उब्जाउ गर्ने सुवर्ण अवसरबाट बञ्चित हुनुपर्छ भने । कुलोमा नै लोभिने पानीले खोला, नदि हुंदै समुन्द्रको यात्रा तय गर्दे एउटा पानीको जात भएर पाउने सर्वाेच्च स्थानमा पुग्ने अवसरबाट बञ्चित हुन्छ । उद्गम स्थल एउटै हुने मूलको पनि गन्तब्य भने उनिहरुको सोंच अनुसार फरक भए जस्तै मानिसहरुको पनि सफलता पनि उनिहरुकै सोंच अनुसार फरक फरक हुन्छ ।

एकदिन राजाको भक्तिदेखि प्रसन्न भएर भगवानले राजालाई दर्शन दिनुभयो । राजाले भगवानलाई आफ्नो जनताहरु सबैलाई दर्शन दिन अनुरोध गर्नुभयो र भगवानले पनि मिति, स्थान र समय तोकेर दर्शन दिन राजी हुनुभयो । राजाले उत्साहित भएर आफ्नो राज्यका जनताहरु लिएर भगवानको दर्शन गर्ने स्थानतिर लागे । बाटोमा जांदै गर्दा एउटा चांदीको टुक्राहरुले भरिएको भएको पहाड आयो । ८० प्रतिशत जनताहरु सिक्काहरु बटुल्न गए, उनिहरुले भगवानको दर्शन गर्ने यात्रा त्यागे । बांकि २० प्रतिशतले यात्रा जारी राखे र बाटोमा एउटा सुनको टुक्राहरुले भरिएको पहाड आयो । यो देखेर सबै जनताहरु सुनको टुक्रा बटुल्न भागे, अब बांकी यात्रामा राजा र रानी मात्र बांकी रहे । राजाले दुखी हुंदै रानीसंग यात्रा गरिरहे र बाटोमा हिराको टुक्राहरु भएको एउटा पहाड आयो । हिराहरु देखेर रानी पनि हिराहरु बटुल्न भागे, अब राजा मात्र बांकी रहे ।

राजा एक्लैले भगवानको दर्शन गरे र दर्शन गर्नासाथ भगवानसंग जनताहरुलाई ल्याउन नसकेकोमा माफी मागे । राजाले केहि छैन, मानिस कस्तो बन्छ भन्ने कुरा उसको लोभमा निर्भर रहन्छ ति, ८० प्रतिशत जनताहरु जसले चांदीले लोभ्यायो उनिहरु असफल मानिस हुन् र तिनिहरु भन्दा एक कदम अगाडी बढेर सुनको पहाडमा लोभिने मानिसहरु औसत दर्जाका मानिसहरु हुन् भने तिम्रो महारानी पनि हिरामा लोभिईहाली त्यसैले उस सफल भएतापनि अझै पनि शासन सत्ता उसको हातमा छैन् । मानिसले कति सफल वा असफल भन्ने कुरा उसको सोंचमा निर्भर रहन्छ, सोंच नै सानो कुरा पाउने छ भने कदापी ठुलो सफलता प्राप्त गर्न सक्दैन ।

कथाले मानिसहरुको सोंचको बारेमा प्रष्ट पारेको छ । संसारमा अधिकांश मानिसहरुले ठुलो सोंच्न सक्दैनन् त्यसैले उनिहरुको जिन्दगी असफल हुन्छ भने त्यसपछि केहि मानिसहरु भने असफल मानिसहरु भन्दा औसत सफल हुन्छन् भने एकदमै थोरै मानिस मात्र सफल हुन्छन् । सफलताको लागि ठुलो सोंच र त्यस प्राप्तिको लागि लगाव र धर्यता आवश्यक हुन्छ भन्ने कथाले सन्देश दिन खोजेको छ ।

कथामा एक मानिसहरुको एक ठुलो हिस्सा सानो चिज पाउने बेत्तिकै त्यसैमा भुल्न थाल्छन जसले गर्दा उनिहरुले त्यो भन्दा ठुलो सफलता पाउन सक्ने सम्भावनाबाट त्यसै बञ्जित हुन्छन् । यदि ति ८० प्रतिशत मानिसहरु चांदीमा नलोभिएको भए शायद उनिहरुले सुनको पहाड भेटाउन सक्ने थिए भने सुनको पहाडमा मानिसहरु नभुलेको उनिहरुले पनि शायद हिराको पहाड भेटाउने थिए र रानीले पनि हिराको पहाडमा नभुलेको भए उनले पनि भगवानको दर्शन पाउने थिईन र फलस्वरुप हिरा भन्दा ठुलो चिज पाउन सक्थिन् ।

बिल गेट्सले जब माईक्रोसफ्ट सफ्टवयर बनाए, तब उक्त सफ्टवयर बिक्रि गर्नको लागि बिभिन्न कम्पनीहरुले उनलाई प्रस्ताव आएको थियो । करोडौं करोडौं डलरसम्मको प्रस्ताव आंउदा सम्म बिल गेट्स बेच्नको लागि तयार भएनन् किनभने उनलाई बिश्वास थियो कि, अहिले एकपटकको लागि राम्रो प्रस्ताव आयो भनेर मख्ख पर्नु हुंदैन, माईक्रोसफ्ट सुनको अण्डा दिने कुखुरा हो त्यसैले उनले ति कम्पनीहरुलाई सफ्टवयर नबेचि तिनिहरुसंग जतिपनि कम्प्यूटरमा सफ्टवयर राखिन्छ, राखिएको प्रत्येक सफ्टवयरको रोयल्टि माईक्रोसफ्ट कम्पनीले पाउने गरि सम्झौता गरे र त्यसको फलस्वरुप आज माईक्रोसफ्ट बिश्वको एक ठुलो कम्पनी भएको छ र यसैको जगमा बिल गेट्स धेरै बर्षसम्म संसारको सबैभन्दा धनी ब्यक्ति बन्न सफल भएका थिए ।

बिल गेट्सले पनि चाहेको भए बिना झंट एकमुष्ठ ठुलो रकम लिएर आनन्दले जिन्दगी बिताउन सक्थे तर, उनको सोंच त्यो भन्दा निक्कै ठुलो भएकोले त्यसमा लोभिएनन् । बिल गेट्स भन्ने गर्छन ः गरिब भएर जन्मनु हाम्रो गल्ति होईन तर, गरिब भएरै मर्नु भने हाम्रो ठुलो गल्ति हो । बिल गेट्सको यहि भनाईले पनि उनि कति ठुलो सोंच्छन भन्ने कुराको पुष्टि हुन्छ ।

पृथ्विनारायण शाहले चाहेका भए गोर्खा वरपरका केहि राज्यहरु जितेपछि आनन्दले सुख संग जिन्दगी बिताउन सक्थे तर, उनि यतिकैमा अडिएनन् र लगातार मेहनत गरेर बिशाल नेपालको एकिकरण गरेर राष्ट्र निर्माता बन्न पुगे । बिनोद चौधरी नेपालको सबैभन्दा धनी भएर पनि यतिकैमा अडिएनन् र आफ्नो ब्यापार साम्राज्य बिश्वभर फैलाउन दिनरात उत्तिकै खटिईरहेका छन् र वाईवाई चाउचाउ लगायत अन्य ब्यवसाय मार्फन नेपाललाई बिश्व सामु चिनाईरहेका छन् । ड्याविन जोन्सन (दि रक) रेस्लिङ्गका सबैभन्दा प्रख्यात सुपरस्टार हुंदा हुंदै पनि उनले आफूलाई त्यतिकैमा सिमित राखेनन् र हलिउडमा धमाका मच्चाउने सोंचका साथ फिल्महरु खेल्न थाले र उनि लगातार केहि बर्ष बिश्वकै सबैभन्दा धेरै कमाउने कलाकारको रुपमा आफूलाई स्थापित गरे ।

जसरी घरको भुंईतलामा बसेर शहरको दृश्य अवलोकन गर्छु भन्नु मुर्खता हुन्छ, त्यसरी नै सानो चिजमा लोभिने मानिसले ठुलो सफलता प्राप्त गर्छु भन्नु मुर्खता हुन्छ । शहरको दृश्य अवलोकन गर्नको लागि घरको भुंइतला छोडेर छतमा जानुपर्छ, अझै राम्रोसंग अवलोकन गर्नको लागि धरहरा अथवा अग्लो टावर चढ्नुपर्छ त्यसरी नै सानो सानो सफलतामा लोभिने मानिसले थप मेहनत गर्न छोडिदिनसक्छ जसले गर्दा उसले प्राप्त गर्नसक्ने ठुला ठुला सफलताबाट बञ्चित हुनसक्छ । अन्तराष्ट्रिय बेष्ट सेलर किताब गुड टु ग्रेटमा “गुड ई दि ईनिमि अफ द ग्रेट” भनेर यदि कुनै पनि मानिसले आफ्नो सफलता राम्रो छ भने मख्ख पर्न थाल्यो, लोभियो भने त्यसले उसलाई महान बन्नबाट रोक्छ भनेर उल्लेख गरेका छन् । यथास्थितीमा लोभिने मानिसको सफलतामा ब्रेक लाग्न सक्छ । सानो कुरामा लोभिनेले ठुलो सफलता प्राप्त गर्न सक्दैन ।