बिदाको दिन एकजना साथीलाई भेट्न उनको घर गएको थिएं,ं उनि बजार गएका रहेछन् १० मिनेट जति कुर्नु परयो र त्यही समय अर्काे मिल्ने साथीलाई सम्झें र फोन गरेर हालचाल सोधें, उनले भन्न थाल्यो के गर्ने यार१ चलिराखेकै छ, दिन कटेकै छ, केहि गर्न सकिएन । देशको स्थिती देखेर दिक्दार लागि सक्यो आदी । ईत्यादी । ७ मिनेट जति कुरा भयो र कुरा सकिएको ५ मिनेटपछि भेट्न गएको साथी बजारबाट घर फक्र्याे र हाम्रो कुराकानी शुरु भयो । उनको पनि त्यही फोनमा कुरा भएको साथी जस्तै भन्न थाल्यो बर्बाद छ नि यार । खोई के हो के हो केहि सोंच्नै सक्दिन । बेहाल छ । उफफ् कस्तो बेहाल छ । कस्तो देश हो यो नेपाल । चोर फटाहा नेताहरुले खत्तम पार्ने भो ।
यि दुई साथीहरुसंगको कुराकानी भएपछि मैले मनमनै सोंचें के यि साथीहरुले भने जस्तै के उनिहरु बर्बाद भएकै हुन तरु के सांच्चै देश बर्बाद भएको हो तरु के हामि गलत देशमा जन्मिएका हौं तरु के सबै ठांउमा बेहालै बेहाल छ त रु के सबै नेताहरु चोर फटाहाहरु मात्रै छन तरु के यो देशमा राम्रा भन्ने केहि छैनन् तरु के राम्रा भन्ने देशमा सबै चिज राम्रै हुन्छन तरुआदि ईत्यादी प्रश्नहरु मेरो मनमा छाईरह्यो र राती अबेरसम्म यस प्रश्नहरुको जवाफ खोजिरहें । तब मलाई एउटा हिन्दि गितको याद आयो र मोवाईलमा सुनें गितको बोल थियो ः आपनी भि जिन्दगीमें खुशियोंका पल आएगा, ढुंडेंगे तो मिल जाएगा । ढुंडेंगे तो मिल जाएगा ।। अच्छे बुरे दिन साथी आते रहेंगे, कभि हंसाते कभि रुलाते रहेंगे ।। सन् १९९४ मा रिलिज भएको साजनका घर भन्ने फिल्मको गित थियो यो । गित सुनेपछि मनमा एक प्रकारको आनन्द आयो ।
बिश्वमा ७९.५ करोड मानिसहरुले पेटभरी खान पांउदैनन् जुन विश्वको जनसंख्याको आधारमाप्रत्येक ९ जनामा १ जनाले पेटभरी खान नपाई स्वस्थकर जिन्दगी बांच्नबाट बञ्चित हुन्छन् । हाम्रै छिमेकी राष्ट्र भारतकै कुरा गर्ने हो भने पनि त्यहां बार्षिक १ लाख ८७ हजार जनताहरु बिभिन्न कारणहरुबाट आत्महत्या गर्छन । अर्काे छिमेकी राष्ट्र चिनमा धनि र गरिब बिचको खाल्टो यति धेरै भएको छ कि त्यहांको सरकारको टाउको दुखाईको बिषय भएको छ । अहिले २१ औं शताब्दिमा पनि उत्तर कोरिया जस्तो देश छ जहां मानव अधिकारको खिल्लि उडाईएको छ, ब्यक्तिगत स्वतन्त्रता, प्रेस स्वतन्त्रताको हक जस्ता बिषयत्यो देशको परिभाषा भित्र पर्दैन । एक जना शासकको मनमा जे आयो त्यही नै त्यहांको कानून र त्यो कानून मान्नुपर्ने बाध्यता छ उत्तर कोरियाली जनताहरुमा ।
यो पृथ्विमा बिभिन्न प्रकारका मानिस एवं देशहरु छन् त्यहां मानिसहरुले आफू परिस्थिती, देश एवं बातावरण अनुसार जिन्दगी बिताईराखेका छन् तर फरक यति हो कि कसरी बिताईराखका छनरु र मैले कसरी बिताउने भनेर त्यसमा निर्भर रहन्छ ।
यो संसारमा ईजिप्ट जस्तो प्रदुषित देश पनि छ र आईल्याण्ड जस्तो स्वच्छ देश । विल गेट्स जस्ता खर्बपति पनि छन् खानै नपाएर मर्ने गरिब पनि छन् त्यस्तै १,३७,१३२ डलर प्रति ब्यक्ति आम्दानी हुने कतार जस्तो देश पनि छ भने ६०० डलर प्रति ब्यक्ति आम्दानी हुने सोमालिया जस्तो देश पनि छ । यो पृथ्विमा स्विजरल्याण्ड जस्तो संसारकै खुशी ब्यक्तिहरु पनि पाईन्छन् भने टंगो जस्तो संसारकै दुखी ब्यक्तिहरु पनि पाईन्छन् ।
बास्तवमा हामिले देशमा भए गरेका नराम्रा कुराहरु देखेका सुनेका हुन्छौ र हामिलाई नराम्रो कुराहरु जति नेपालमा मात्रै हुन्छ जस्तो भान हुन्छ र विदेशमा भए गएका राम्रा कुराहरु धेरै सुनेका हुन्छौ र हामिलाई विदेश चांही स्वर्ग र देश चांही नर्क लागेको हो । यो भुल्नु हुंदैन किआज विश्वमा जति पनि ठुला, विकसित देशहरु छन तिनिहरुको अवस्था २०–२५ बर्ष सम्म लगभग हाम्रै स्तरमा थियो । जापानको उदाहरण लियौ भने पनि यो कुरा प्रष्ट हुन्छ । जापानीहरु विश्वमा एकदमै मेहनतीहरुमा पर्दछन जसको विपरित माल्टा देशका जनताहरु विश्वका एकदमै अल्छि जनताहरुमा पर्दछ । दोश्रो विश्वयुद्ध पछि ध्वस्तभएको जापानलाई जापानीहरुको अथक मेहनतले आज यो अवस्था अर्थात विश्वको शक्तिशाली विकसित देशमा उभ्याउन सफल भएको छ ।
आज यो स्तभ्म लेखिरहंदा मलाई भक्तपूरकी सृष्टि के.सि. बहिनीले एउटा कार्यक्रममा भनेको कुराहरुको सम्झाना आयो । उनको १६ बर्षमा गलत औषधीको कारणले आंखा नदेख्ने भएकी रहिछिन् । उनले आंखान देख्ने भएपछि पनि जिन्दगीलाई बोझ नसम्झि आफूले आफैलाई विश्वास गरि सकरात्मक सोंचले आफूलाई अगाडी बढांउदै गईन र आंखा देख्दा सम्म कहिल्यै प्रथम हुन नसकेकी उनले आंखा नदेख्ने भएपछि क्याम्पसमा कहिल्यै दोश्रा ेहुनुनपरि स्नातक सकिन् । अहिले उनि दृष्टि विहिनहरुको हकहितको लागि उत्प्रेरणा दिंदै सिकांउर्दै बिभिन्न देशहरुको भ्रमण गरिसकेकी छिन् ।
यदि तपांईहरु ब्यापारमा हुनुहुन्छ मानौं २० बर्षदेखि हुनुहुन्छ बिगत लामो समयसम्म यहि देशले प्रत्येक बर्ष ब्यापार ब्यवसायमा राम्रो आम्दानीगर्न सक्नुभएको थियो र अहिले केहि समय सोंचे अनुरुप गर्न सक्नु भएन भने के यो देशको दोष हो त रु बिगतमा यहि देशमा उद्योगधन्दा, होटल, रियल स्टेट, शेयर तथा अन्य कारोवार गरेर मगन्य कमाउनु भएको थियो र अहिले विगत अनुरुप छैन भने पक्कै यो देश खराब होईन देशको केहि अंश बिग्रिएको छ र त्यसलाई मर्मत गर्नुछ भन्ने मेरो बुझाई छ । समस्या पक्कै छ यसमा कुनै दुईमत छैन तर यसमा अल्झिएर बसेर समस्याको समाधान हुनेवाला छैन । हामि संग जे विकल्प छन त्यसलाई समातेर अगाडी बढ्नु नै उत्तम हुन्छ ।अरुलाई गाली गरेर वा आफैलाई धिक्कार गरेर आफूलाई निराशा बनाएर जिन्दगीलाई उदास बनाउनु भन्दा सकारात्मक सोंचका साथ आफूलाई जिम्मेवार बनाएर अगाडी बढ्न सकियो भने जिन्दगी रंगिन लाग्न थाल्दछ । जिन्दगी रंगिन छ । बस् त्यसको लागि सकरात्मक सोंचको आवश्यक छ । जिन्दगी सुन्दर छ र अझ सुन्दर बनाउन तपांईकै सोंचले सक्न्नुहुन्छ यो सबै तपांई आफ्नै हातमा छ । जिन्दगी सुन्दर छ ।