प्रविधिको विकाश संग नयां नयां आविष्कारहरु बढ्दै जांदा अहिले संसार नै स्मार्टमय भएको छ । स्मार्ट फोन, स्मार्ट वाच, स्मार्ट टिभी तथा अन्य बिभिन्न स्मार्ट बस्तुहरुको आगमन संगै मानिसहरु पनि स्मार्ट बन्नुपर्ने आवश्यक्ताको सृजना भएको छ । पहिला घण्टौं, महिनौं लाग्ने कार्यहरु अहिले प्रविधिले क्षणभरमा नै गर्नसक्ने बनाईदिएसंगै मानिसले आफूलाई प्रतिस्पर्धामा अब्बल सावित गर्न आफू पनि स्मार्ट ब्यक्ति हो भनेर सावित गर्न आवश्यक छ किनभने, स्मार्ट वर्क नगर्ने मानिस म्याद सकिएको मसला जस्तै बेकार हुन सक्छ, नफ्यांकिदासम्म त्यो मसला त रहन्छ तर, त्यसलाई कसैले किन्दैनन् र यदि कसैले झुक्किएर किनिहाले तापनि थाहा पाएपछि फालिदिन्छन् । स्मार्ट वर्क गर्ने मानिस भने ताजा मसलाहरु हुन् र तिनिहरुलाई सबैले किनेर घर लैजान्छन र मिठो परिकार बनाउनको लागि प्रयोग गर्छन् अनि स्वादिलो मानेर ति परिकारहरु खान्छन् ।
ईतिहांसको बिभिन्न कालखण्डमा घटेका बिभिन्न युद्ध तथा अन्य घटनाहरुमा पनि स्मार्ट वर्कको माध्ययमबाट सफलता मिलेका प्रशस्त उदाहरणहरु भेटिन्छ् । पृथ्विनारायण शाहले युद्धमा जित हांसिल गर्नको लागि ….. को राजासंग मित लगाएका थिए, जसको माध्ययमबाट उनले त्यस राज्यको धेरै सूचनाहरु प्राप्त गरि उक्त राज्य कब्जा गर्न सफल भएका थिए भने संसारमा भएका बिभिन्न युद्धहरुमा युद्धका कमाण्डरहरुले आफ्ना सैनिकहरुको बिभिन्न तरिकाबाट उत्प्रेरणा दिएर मनोबल उच्च बनाई आफूभन्दा बिभिन्न शक्तिशाली सेनाहरुलाई समेत परास्त गरेको ईतिहांस ताजै छ । शारिरिक बलको आवश्यक्ता पर्ने खेलकुदमा देखी धनको आवश्यक्ता पर्ने ब्यापारिक क्षेत्रमा समेत स्मार्ट वर्कले आफूभन्दा बलियो र आफूभन्दा धेरै आर्थिक हैसियत भएको ब्यक्तिलाई समेत पराजित गरेको पाईन्छ ।
सन् २०१८ मा बनेको बलिउड चलचित्र बजारमा चलचित्रका नायकले पुंजी बजारमा करियर बनाउने उदेश्यले गांउबाट मुम्बई आंउछन् । मुम्बई आएपछि उसले करियरको लागि एउटा प्रख्यात कम्पनीमा भर्ना हुने सोंच बनाउछन् र बिभिन्न असफल प्रयासपछि एकदिन उसले उक्त कम्पनीमा अन्तर्वाताको लागि अवसर पांउछन् ।
अन्तर्वातामा उसलाई केहि प्रश्न नगरिकन एक कफि कप यहां भएको मानिसहरुलाई बेचेर देखाउ भनेर त्यस कफिमा थुकिदिन्छन् । नायकले सोंच्दै नसोंचेको, थुकेको कफि कसलाई बेच्ने रु उसले धेरै समय खर्च नगरीकन उक्त कफि हातमा समाउंछन र आफैले नै पिईदिन्छन र पैसा निकालेर टेबलमा राखेर भन्छन् ः बेचिदिएं, आफैलाई । तपांईले कफि बेच्नु भन्नुभएको थियो तर कसलाई भनेर भन्नुभएको थिएन, मैले कफि आफैलाई बेचिदिएं । अन्तर्वाताकारहरु मुसुक्क हांस्छन् र उसले त्यस कम्पनीमा नियुक्ति पांउछ ।
चलचित्रको उक्त दृश्यमा नायकको स्मार्ट वर्क देखाईएको छ । पहिले पहिले हार्ड वर्क अर्थात कडा मेहनत ने सफलताको कडि हो भने भनिन्थ्यो भने अहिलेको आधुनिक जमानामा स्र्माट वर्कले मानिसलाई सफल बनाएको देखिन्छ । यसको मतलब हार्ड वर्क नगर्ने भन्ने चांहि होईन । चलचित्रमा नायकको उदेश्य जसरी पनि त्यस कम्पनीमा नियुक्ती लिनु भन्ने भएकोले उसले नियुक्तिको लागि जुनसुकै मूल्य चुकाउन पनि तत्पर हुने मनस्थिती बनाएको हुन्छ । मानिसले आफ्नो उदेश्य प्राप्ति गर्नको लागि कतिसम्म त्याग गर्नुपर्छ भन्ने चलचित्रले सन्देश प्रवाह गर्न खोजेको छ ।
एकजना मानिसले एउटा पोखरीको बिचमा लटरम्मै सुन्तलाहरु फलेको देखेर उसलाई सुन्तला खान मन लाग्छ । पोखरीभर गोहि र सर्पहरु भएकोले उ पोखरी तरेर जान नसक्ने भएकोले उसले के के उपायहरु हुनसक्छ भनेर सोंच्न थाल्छ । उसले सुन्तलाको बोटमा ढेंडुवा बांदरहरु देख्छ र बांदरलाई एउटा सानो ढुङ्गा टिपेर हान्छ । ढुंङ्गा ढाडमा लागेपछि बांदरलाई रिसले कन्चेरो तात्छ र त्यहि रुखमा फलेको सुन्तला टिपेर मानिसलाई हान्छ । मानिसको पनि ढाडमा लाग्छ । मानिसलाई सुन्तलाले लागेपछि बांदर खुशिले उफ्रन्छ भने मानिस पनि खुशिले उफ्रंदै सुन्तला खान शुरु गर्छ ।
मानिसको उदेश्य सुन्तला खाने थियो तर, उसलाई चारैतिरै समस्या नै समस्याहरु थिए किनभने, पौडेर जांउ भने पोखरीभर सुन्तला नै सुन्तलाहरु थिए र यदि कथंकदाचित रुखमा नै पुगेको खण्डमा पनि त्यहां उसलाई बांदरहरुले आक्रमण गर्न सक्थे र पोखरीका सर्पहरु आराम गर्नको लागि रुखको फेदनिर र रुखमा पनि बसेका थिए । यतिका धेरै बाधाहरु भएतापनि उक्त मानिसले कुनै त उपाय हुनसक्छ भनेर सोंच्दा सोंच्दा आखिरमा बांदरलाई ढुंङ्गाले हान्ने उपाय निकाले । ढेंडुवा प्रजातिको बांदरले मानिसको नक्कल गर्छ भन्ने उसलाई थाहा थियो त्यसैले उसले बांदरलाई हान्यो भने बांदरले पनि उसलाई हान्छ भन्ने उसलाई थाहा थियो ।
कुनै काम गर्न नसकिने सैंयो कारणहरु भेटाउन सकिन्छ तर, हामिलाई उक्त काम गर्न सकिने एउटा मात्र कारण भेटाउन सकियो भनि उक्त कार्य गर्न सकिन्छ र काम गर्न सकिने बिभिन्न बिकल्पहरुमध्ये उत्तम बिकल्पलाई नै स्मार्ट वर्क भन्न सकिन्छ भने कुनै असम्भव जस्तै लाग्ने कार्य पनि सम्पन्न गरिन्छ भने त्यस्ता कामलाई पनि स्मार्ट वर्क भनिन्छ । माथिका बजार चलचित्रमा कफि बेच्ने दृष्य र मानिसको सुन्तला खाने उपाय दुबै एउटा राम्रो स्मार्ट वर्कको उदाहरण हुन् ।
बिश्वमा सफल मानिसहरु अरुले असम्भव मानेका कार्यहरु गरेर सफल भएका हुन्छन् । बिल गेट्स देखि, जेफ बेजोस, ईलन मस्क, सचिन तन्दुल्कार, पेले, म्याराडोना, माहात्मा गान्धि, बि.पि. कोईराला जस्ता सफल मानिसहरुले तत्कालिन अवस्थामा अरुले नचिताएको तरिकाले स्मार्ट वर्कको माध्ययमद्धारा आफ्नो लक्ष्य हांसिल गरेका थिए । अहिलेका प्रख्यात ब्यापारिक घरानाहरु योहो होटेल, उबर, अलिबाबा, अमाजोन, पेपल, एप्पल, सामसङ्ग जस्ता कम्पनीहरु स्मार्ट वर्कको माध्ययमद्धार बिश्वभर आफ्नो साम्राज्य स्थापित गर्न सफल भएका छन् ।
असम्भव देखिंदा पनि जसले सोंच्न छाड्दैन उसलाई कुनै न कुनै उपाय निस्किन्छ र त्यो उपाय स्मार्ट वर्क हुन सक्छ । उपाय देखेको मानिसले लगातार मेहनत गरिरहेमा उसले सम्भावित लक्ष्य हांसिल गर्नसक्छ । जुन मानिस बर्तमानमा भईरहेको भन्दा के कुरा नयां गर्न सकिन्छ भन्ने ध्यानमा रहन्छ, उ एउटा स्माट वर्कर हो । संसार स्मार्ट वर्क गर्ने मानिसको हो र यो संसार स्मार्ट वर्क गर्ने मानिसको अधिनमा छ । जसले स्मार्ट वर्क गर्न जानेको छ, संसारले उसलाई मानेको छ ।