केहि सुनिदिंए, केहि बोलिदिएं
मनको बोझ हल्का खोलिदिंए ।।
प्रवाह छैन केहि भन्लान कि भनेर,
शब्द शब्दमा जोखिम मोलिदिंए ।।
कहिले चुप लागें, कहिले कराईदिएं
ग्रह ठिक छैन भनि कहिले डराईदिंए ।।
कत्ति बांच्नु क्षण क्षणमा डराएर,
आत्मबिश्वास बटुलेर डरलाई हराईदिएं ।।
कहिले हेरीदिएं, कहिले टेरिदिंए
सम्बन्धको गांठोमा आफूलाई बेरिदिएं ।।
चाहान्छन् सबैले आफूजस्तो बनोस् भनेर,
तर, मैले यस्तो चाहाना नै फेरिदिंए ।।