बाठो छु भन्दैमा नसोंचिकन कदम चाल्न हुन्छ त?
आफ्नो मान्छे भन्दैमा हजारौं गल्ति टाल्न हुन्छ त?
समस्या त आईरहन्छ मानिसको जिवनमा पटक पटक,
तनाव भयो भन्दैमा आफ्नो जिवन फाल्न हुन्छ त??
आफ्नो प्रगतिको लागि अरुलाई भांजो हाल्न हुन्छ त?
जाडो छल्नको लागि घरै भत्काएर आगो बाल्न हुन्छ त?
जुध्नुपर्छ समस्याहरुसंग सुपरम्यान जस्तो सम्झि आफूलाई,
तनाव भयो भन्दैमा आफ्नो जिवन फाल्न हुन्छ त??
अरुको ईष्र्यामा नसक्ने कुरा पनि देखासिखी गर्न थाल्न हुन्छ त?
ठुलो ठुलो महत्वकांक्षा बोकेर आकाशै छुने सपना पाल्न हुन्छ त?
समर्पित गर्नुपर्छ हाम्रो जिन्दगी परिवार अनि समाजलाई पनि,
तनाव भयो भन्दैमा आफ्नो जिवन फाल्न हुन्छ त??