सन् १९९७ मा रिलिज भएको डेनी डेङजोञ्पा, भुवन के.सि. र तृप्ति नाडकर अभिनित नेपाली कथानक चलचित्र साईनोमा एउट गित छः नयां नयां सजाउ है संसार ….. सुख दुख बांडौ है मिलेर ….. घामको पहिलो किरण छुन्छ गरा गरा ….. आफ्नै डांडा कांडा आफ्नै गांउ सारा ।।
उदित नारायण झा र आशा भोष्लेको स्वर रहेको यस गितले जिन्दगी जिउने कला सिकांउछ । चलचित्र साईनोको साथै यस गित तथा चलचित्रका सबै गितहरु समेत सुपरहिट भएको थियो । भुवन के.सि. र तृप्ति नाडकरले भारतको बम्बईबाट असफल भएपछि जिन्दगीमा नयां बाटो, नयां लक्ष्यको खोजि गर्दै नेपाल फर्किने क्रममा पहाडको एउटा गांउ जांदै गरेको अवस्थामा गाउने यो गितले अहिले एउटा उत्कृष्ट सदावाहार गितमा स्थान बनाउन सफल भएको छ ।
मानिस असफलताबाट भाग्नु हुंदैन । सबै मानिसहरु एकैपटकमा सफल नहुन पनि सक्छन् र सफल मानिसहरु पनि सबै क्षेत्रमा सफल हुंदैनन् पनि । एउटा क्षेत्रमा असफल ब्यक्ति अर्काे क्षेत्रमा सफल हुन सक्छन् । एउटा क्षेत्रमा असफल भयो भन्दैमा उक्त ब्यक्तिलाई असफल ब्यक्ति भन्न मिल्दैन । जस्तैः केएफसिका संस्थापक कर्नल हेरलैण्ड सैण्डर्स १७ बर्षको हुंदा ४ पटक जागिरबाट निकालिएका थिए । खाना बनाउन सौखिन सैण्डर्सले आफूले बनाएको चिकन बेच्नको लागि १००९ पटक बिभिन्न रेष्टुरेण्टहरुको ढोका ढक्ढक्याएपछि बल्ल उनलाई पहिलो अर्डर मिलेको थियो र ६२ बर्षको उमेरमा केएफसी कम्पनी खोलेका थिए ।
केएफसी खोलेको १६ बर्षपछि अर्थात ८८ बर्षको उमेरमा उनि आफूलाई बिश्वको अर्बपति क्लबमा उभ्याउन सफल भए । प्रत्येक मानिसमा कुनै न कुनै क्षमता हुन्छ । कुनै बिद्यामा कमजोर छु भनेर आफूलाई हिनताबोध गरेर निराशाजनक जिन्दगी बिताउनु ठूलो भूल हो । पारस खड्काले मलाई भलिबल खेल्न आंउदैन भनेर कहिल्यै पनि चिन्ता ब्यक्त गरेको देखिंदैन र कुनै अन्य खेल नजाने पनि उ महान खेलाडी नै हो । हामिले आफ्नो क्षमता पहिल्याउन सक्नुपर्छ र उक्त क्षेत्रमा उत्कृष्ट गर्नेतर्फ सोंच्नुपर्छ ।
भनिन्छ असल सिकाईले मानिसलाई सफल बनाउंछ र असल सिकाई खराब अनुभवबाट हांसिल गरिन्छ र त्यो खराब अनुभव बिभिन्न असफलताबाट प्राप्त हुन्छ । त्यसैले भन्न सकिन्छ कि, असफलता नै सफलताको खुड्किलो हो । आजको असफलता भन्नु नै भविष्यको सफलतको बाटो कोर्नु हो ।
महान बैज्ञानिक थोमस अल्बर्ट ईडिसनले १ हजार पटक बल्बको आविष्कार गर्न गरेको प्रयास सफल नभएपछि भनेका थिए कि, ः म फेल भएको छैन, मैले बल्ब नबल्ने १ हजार तथ्य पत्ता लगाएं । प्रयासले कि मानिस जित्छ कि मानिस सिक्छ ।
सुख दुख बांडौं है मिलेर भनेर गितले जस्तो सुकै परिस्थितीमा मिलेर बस्न अर्थात टिम वर्कको लागि सन्देश दिएको छ । चाहे घरमा होस् वा अफिसमा, राजनिती पार्टी होस् वा कुनै धार्मिक वा अन्य कुनै संघ संस्थाहरु होस् सबै क्षेत्रका ब्यक्तिहरुले यस गितले दिन खोजेको सन्देशलाई मनन् गनुर्् जरुरी छ ।
बास्केटबलका महान खेलाडी माईकल जोर्डानले भनेका छन ः उत्कृष्ट प्रतिभाले खेल जित्छ तर, च्याम्पियनशिप जित्नको लागि टिम वर्क र बुद्धि चाहिन्छ । ब्यक्तिगत रुपमा प्रतिभा हुनु राम्रो कुरा हो तर त्यो प्रतिभाले टिमवर्कमा महत्वपूर्ण भूमिका निभाउंदैन भने त्यसको महत्व न्यून हुन्छ । त्यसैले नै भनिएको होला टिमवर्क नै ड्रिमवर्क हो । यदि हामिले कुनै पनि ड्रिमवर्क गर्नुपर्छ भने पहिले राम्रो टिमवर्क बनाउन जरुरी हुन्छ ।
टिमवर्कले म बाट हामि भन्न सिकांउछ । यदि कुनै पनि संस्थामा माथिल्लो तह देखि तल्लो तहको कर्मचारीहरु बिचमा म होईन हामि भन्ने बानी बस्छ, तब त्यो संस्थामा राम्रो टिमवर्क रहेको बुझ्न सकिन्छ । कुनै पनि खेल चाहे फूूटबल होस् वा क्रिकेट वा अन्य कुनै खेल होस् सबै खेलहरुमा जित्नको खेलाडीहरु बिचमा टिमवर्कको आवश्यक पर्दछ । क्रिकेटमा कहिलेकांही ब्याट्सम्यान्ले रन कम बनायो भने बलरहरुले मेहनत गर्नुपछ र किफायती बलिङ गर्नुपर्छ भने फूटबलमा बिपक्षीको किपरले रोक्न सकेन भने स्ट्राईकरहरु गोल गर्न बढि अट्याकिङ खेल्नुपर्छ । यदि बिपक्षीहरु बढि अट्याकिङ खेलेको अवस्थामा डिफेण्डरहरु बढि मेहनतका साथ डिफेण्डिङ खेल्नुपर्छ ।
गितले घामको पहिलो किरण छुन्छ गरा गरा …… आफ्नै डांडा कांडा आफ्नै गांउ सारा… भन्दै आफू वरपरको बातावरणलाई सकरात्मक रुपमा ग्रहण गरि मांया गर्न सन्देश दिएको छ । आफ्नो ठांउको ढुंगा, माटो, सहकर्मी साथीभाई, ईष्टमित्रलाई मांया गर्न, पहिचान गर्न सन्देश दिएको छ ।
मानिसहरु देशलाई आफ्नो देश महान छ भनेर मांया गर्ने होईन, यो त आफ्नो भएर मांया गर्ने हो । त्यसरी नै आफ्नो गांउ ठुलो वा विकसित छ भनेर मांया गर्ने होईन, यो त आफ्नो हो भनेर मांया गर्ने हो । शायद यहि सिद्धान्तबाट प्रभावित भएर होला अष्ट्रेलियाको धनि ब्यक्ति भएर पनि शेष घलेले देश नेपाल र लमजुङ जिल्लालाई मांया गर्छन् । उपेन्द्र महतो रुसको धनि ब्यक्ति भएर पनि देश नेपाल र सिराहा जिल्लालाई मांया गर्छन् ।
सारंशमा गितले भन्न खोजेको सन्देशहरु मध्ये ३ वटा कुराहरु नयां बाटो, टिमवर्क र मांयालाई समिश्रण गरेर लैजान सक्यौं भने हाम्रो जिन्दगी सफल र सार्थक बन्न मद्धत गर्छ । जिन्दगीमा एउटा बाटो बन्द भयो भने अर्काे बाटो पहिल्याएर अथवा बनाएर अगाडी बढ्नु पर्छ जसको लागि हामिले हाम्रा साथिभाई, ईष्टमित्र तथा सहयोगिहरुसंग कांधमा कांध मिलाएर राम्रो टिमकर्व बनाएर हिंड्नुपर्छ र जतिसुकै सुख वा दुख पाएपनि जतिसुकै सफलता वा असफलता प्राप्त गरेपनि आफ्नो देश, गांउ, ठांउलाई मांया गनुपर्छ किनभने हाम्रो गांउ ठांउ, सहकर्मी साथीभाई, ईष्टमित्रहरु राम्रो नभई हामि राम्रो हुन सक्दैनौं । असफलतासंग नआत्तिऔं, मिलेर काम गरौ, आफ्नोलाई मायां गरौं । नयां नयां सजाउ है संसार ……सुख दुख बांडौ है मिलेर ।।