नेपालले २१ औं शताब्दिको समाप्तिसंगै २२ औं शताब्दिलाई स्वागत गरेको छ । बिगत २ दशक देखिनै उच्च आर्थिक बृद्धिको साथमा बिकाशमा महत्वपूर्ण फड्को मार्दै संसारभरका सञ्चार माध्यमहरुको ध्यानाकर्षण गर्न सफल नेपालको बारेमा लेखिएका समाचारहरु यस प्रकार छन् ।

१. बिगत २ दशकदेखि उच्च आर्थिक बृद्धि हांसिल गर्दै नेपाल बिश्वमा एउटा समृद्ध देशको रुपमा स्थापित हुन सफल । बिगत १८ बर्षदेखि दोहोरो अंकको आर्थिक बृद्धि ।
२. नेपाल अब कृषि प्रधान देश मात्र रहेन, बार्षिक २ करोड भन्दा बढि पर्यटक भित्र्याएर संसारकै एक उत्कृष्ट पर्यटकिय गन्तब्यमा स्थापित हुन सफल ।
३. हिन्दु र बुद्ध धर्माम्बलीहरुको लागि उत्कृष्ट धार्मिक स्थल बन्यो नेपाल । नेपालका बिभिन्न धार्मिक स्थलहरु उत्कृष्ट अन्तराष्ट्रिय धार्मिक पर्यटकिय गन्तब्यको सूचिमा परेपछि बार्षिक लाखौं धार्मिक पर्यटकहरु नेपाल आउने क्रम जारी ।
४. बिकाशको क्रमसंगै नेपालले बिदेशबाट कामदारहरु भित्र्याउंने क्रम जारी । भारत लगायत दक्षिण एशिया एवं अन्य बिभिन्न देशहरुका नागरिकहरुको लागि बैदेशिक रोजगारको एउटा उत्कृष्ट गन्तब्य बन्यो नेपाल ।
५. नेपालका जडिबुटीहरुको माग संसारभर रहेपछि नेपालमा अन्तराष्ट्रिय अनुसन्धान केन्द्र स्थापित । अनुसन्धानमा संसारभरका बिभिन्न सयौं बैज्ञानिकहरुले बिभिन्न अनुसन्धान गर्दै ।
६. खेलाडीको रुपमा सफल पारस खड्का, कोचको रुपमा पनि सफल ठहरिए । एशियन कप जितेपछि नेपाली क्रिकेटको ध्यान आउने बिश्वकप बिजेता बन्ने । राम्रो हावापानी एवं सुविधाजनक क्रिकेट स्टेडियमले गर्दा आईसिसीले बिगत केहि बर्षदेखि नेपालमा धेरै अन्तराष्ट्रिय खेलहरु आयोजना गर्न प्राथमिकता दिंदै ।
७. संसारकै खुशी देशहरुमा नेपाल पहिलो स्थानमा । प्राकिृतिक सुन्दरता, अर्गानिक खाना, धर्म, संस्कृती तथा संस्कार खुशिका प्रमुख कारणहरु । खुशिको मानंकमा बृद्धि संगै धेरै बर्ष बांच्ने देशहरुको सूचिमा पनि जापान पछि दोश्रो स्थानमा । संसारका बिभिन्न देशका मानिसहरु नेपालीको जिवनशैली बुझ्न नेपाल आउने क्रम जारी ।
८. कुनै बेला अति धेरै भ्रष्ट्राचार हुने मुलुक नेपाल अहिले भ्रष्ट्राचार शुन्य मुलुकमा परिणत । मुलुकको समृद्धि संग भ्रष्ट्राचार पनि लगभग अन्त्य ।
९. आईटि क्षेत्रमा पनि नेपालको ठुलो फड्को । नेपालीले स्थापना गरेको केहि कम्पनीहरुले बिश्व बजारमा स्थान बनाउंदै । नेपालमा स्थापित आईटि युनिभर्सिटीमा बिश्वभरका बिद्यार्थीहरु अध्ययन गर्दै ।
१०. लगानी सम्मेलनमा नेपालमा लगानी गर्न बिश्वका खर्बपतिहरुको ठुलो चांसो । कृषि, आईटि, सेवा तथा पर्यटनमा ठुला ठुला परियोजनामा लगानीको लागि सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न ।
११. गांउगांउ, डांडाकांड सबैठांउमा एकदमै राम्रो यातायात सुविधा पुगेको र त्यहांको पूर्वाधार विकाश देखेर पर्यटकहरु मख्ख, होटल तथा अन्य क्षेत्रको ग्राहक सेवाबाट नतमस्तक भई भन्छन् ः हाम्रो देश पनि यस्तै बनाउनुपर्छ ।
१२. नेपाल प्रायजसो क्षेत्रमा आत्मनिर्भर । पटक पटक नाकाबन्दिले सास्ती खेप्नुपरेको र आयतमा निर्भर रहने नेपालले ठुलो मात्रामा निर्यात गर्ने देश बन्यो नेपाल ।
१३. राजनिति स्थिरता संगै आर्थिक विकाशको गति लिन थालेपछि देशमा बन्द हड्ताल हुन छाड्यो, नेपालको कानून दैबले जानून भन्ने पुरानो किंवदन्तिलाई मिथ्था सावित गर्दै कानूनी राज्यको रुपमा स्थापित गर्न देश सफल ।
१४. नेपालमा प्रशस्त ठुला अन्तराष्ट्रिय बैंकहरुले शाखा खोलेको र नेपालका बैंकहरुले पनि बिदेशमा धेरै शाखा बिस्तार गरेकोले नेपालका बैंकहरुको प्रतिस्पर्धात्मक क्षमतामा बृद्धि भई अन्तराष्ट्रिय स्तरको सवल बैंकको रुपमा स्थापित । नेपाली बैंकरहरुको कूशलताले गर्दा बैंकहरुको निष्क्रिय कर्जा संसारमै न्यून ।
१५. बिश्व राजनितीमा समन्वयकर्ताको भूमिका राम्रोसंग निर्वाह गरेर बिश्वमा शान्ति स्थापनाको लागि महत्वपूर्ण योगदान दिएवापत नेपाली सेनालाई संयुक्त राष्ट्रसंघले उचित सम्मान दिंदै कुनै पनि देशहरुमा बिवाद आएमा नेपाली सेनाको सहयोग, सल्लाह तथा मध्यस्थकर्ता अनिवार्य हुने घोषणा ।

सफा अनि चिल्ला चिल्ला सडकहरु, आफ्नै धुनमा तथा गतिमा निरन्तर गुडिरहेका गाडीहरु, ट्राफिक लाईटको आवश्यक्ता नै नपर्ने गरी बनाईएका अण्डरग्राउण्ड र ओभरग्राण्ड सडकहरु, काठमाण्डौ लगायत बिभिन्न उपत्यकाहरुमा मेट्रो ट्रेन तथा बिभिन्न स्थानहरुमा बुलेट ट्रेन सञ्चालन गरिएको, पहाड छेंडेर लामो दुरीको यात्रा एकदमै छोंटो गरिएको अनि बाटो चौडा गरिएको कारणले काठमाण्डौ बाट पोखरा २ घण्टामा, काठमाण्डौ बाट बिराटनगर ३ घण्टामा नै पुगिने सुविधाले अवस्थामा देशको कुना कुनाबाट कतिपय मानिसहरु दिनदिनै बिहान काठमाण्डौं कार्यालय आई बेलुकि आरामसंग घर फर्र्र्केको दृष्यले जो कोहिलाई पनि आनन्दित नबाउने कुरै भएन ।

फेवाताल भित्रै रेष्टुरेण्टहरु, सौराहामा होटलको छतबाट नै जंगली जनावरहरु अवलोकन गर्न पाईने, उपत्यका लगायत देशका बिभिन्न डांडाहरुमा सरररर केहि मेनेटमा नै बुलेट केबुल कारबाट जान सकिने, प्याराग्लाईडिङ्ग, बञ्जि जम्प जता खेलहरुको अन्तराष्ट्रिय स्तरको प्रतियोगिता भईरहने, बलिउड तथा हलिउडका फिल्महरु निर्माताहरुले नेपाललाई सुटिङ्गको लागि एक उत्कृष्ट गन्तब्यहरु मध्येको एक गन्तब्यको रुपमा छान्नुले पनि नेपाल एउटा रमणिय स्थलको रुपमा परिणत भएको छ ।

भारतसंग सहकार्य गरेर अन्तराष्ट्रिय ध्यान केन्द्रको स्थापना गरेको पनि एक दशक बितिसकेछ । अन्तराष्ट्रिय योग गुरुहरुको आवगमन संगै नेपालले धेरै अन्तराष्ट्रिय योग सम्मेले तथा प्रवचन कार्यक्रमहरु सम्पन्न गरिसकेको छ । नेपालको रेन्बो ट्राउट माछाको माग अन्तराष्ट्रिय बजारमा बढेसंगै माछापालन ब्यवसायको ब्यवसायिकरण भएको र रेन्बो ट्राउट माछा र माछाका सुकुटीहरु अन्तराष्ट्रिय बजारमा निर्यात भईरहेको छ ।

नेपाली सागको ब्यवसायिकरण भएपछि सागबाट उत्पादिन गुन्द्रुक संसारका बिभिन्न देशका रेष्टुरेण्टहरुको मेनुमा पाईने गरेको छ । १२ बर्ष अघि नेपालमा सम्पन्न भएको अन्तराष्ट्रिय फुड फेष्टिभलको अपार सफलतापछि नेपाली खानेकुराहरुले बिश्वभर चर्चा पाएको थियो । नेपाली दाल, भात तरकारीको साथै नेवारी परिकारहरुको स्वाद बिदेशीहरुको जिब्रोमा झुण्डिन पुगेको थियो, फलस्वरुप केहि नेपाली रेष्टुरेण्टहरुले बिदेशमा समेत शाखा खोलेर सेवा दिईरहेको छ भने, खाना प्रेमी बिदेशीहरुले नेपाली परिकारहरु अनलाईनबाट मगाएर पनि खाने परम्परा बसेको छ भने केहि भने खाना खानकै लागि मात्रै नेपाल आउने गरेका छन् ।
कृषि बिश्वबिद्यालयमा परिणत भएपछि रामपूर कृषि क्याम्पसमा बिश्वभरबाट बिद्यार्थीहरु पढ्न आउने र स्नाकोत्तर, एमफिल तथा पिएचडी बिद्यार्थीहरु अनुसन्धानको लागि आउने क्रम जारी छ । बिभिन्न बिश्वबिद्यालयहरुले अन्तराष्ट्रिय स्तरको शिक्षा दिन थालेपछी नेपाल दक्षिण एशिया तथा अन्य मुलुकका बिद्यार्थीहरुको लागि शैक्षिक केन्द्रको रुपमा स्थापित भएको छ । गत बर्ष मात्रै हजारौ बिदेशीहरु अनुसन्धानको लागि रामपुर आएका थिए ।

प्रकृतिले नै नेपालका अधिकांश भूभागलाई रिसोर्ट बनाईदिएकोले प्राकृतिक बातावरणले पनि सृजनात्मक कार्यहरुलाई अनुकुल बनाईदिएकोले नेपाली लेखकहरुका पुस्तकहरुले अन्तराष्ट्रिय बजारमा स्थान बनाउंदै गएको र गत बर्ष मात्र एउटा पुस्तकले अन्तराष्ट्रिय बेष्ट सेलर पुस्तक बनेको थियो भने नेपाली पब्लिकेशन हाउसहरुले अन्तराष्ट्रिय बजारमा राम्रो बजार कब्जा जमाउन सफल भएको छ । नेपाली चित्रकार, मूतिकारहरुको चित्र तथा मूर्तिहरुले पनि अलग्गै पहिचान बनाउन सफल भएको छ ।

माथिका सम्पूर्ण कुराहरु काल्पनिक भएतापनि असम्भव भने होईनन् । पटक पटकको नाकाबन्दि, प्राकृत्रिक प्रकोप, कोरोना महामारी जस्ता घटनाहरुबाट पिडित नेपाल र नेपालीहरु आफू र देशको सुनौलो भविष्यको कल्पना गर्छन् । अहिले बिकसित देशको रुपमा स्थापित देशहरु पनि करिब २०–२५ बर्ष अघिसम्म अविकसित तथा गरिब मुलुक नै थिए तर, उनिहरुको अथाह आत्मबिश्वास, सकरात्मक सोंच, सहि नीति निर्माण तथा निरन्तर मेहनतको प्रतिफल स्वरुप उनिहरु एउटा समृद्ध देशको रुपमा स्थापित हुन सफल भएका छन् । आशा गरौं नेपाल पनि समृद्ध मुलुकको बाटोमा जानेछ र बिक्रम सम्बत २१०० मा एउटा समृद्ध मुलुकको रुपमा आफूलाई स्थापित गर्नेछ, बैदेशिक रोजगारमा जाने होईन, बैदिशक रोजगार भित्र्याउने मुलुक बन्नेछ, आयत गर्ने होईन, निर्यात गर्ने मुलुक बन्नेछ । बिक्रम सम्बत २१००, समृद्धिका दिन आए ।