आँसुमा कसैको हाँसो रोज्ने मान्छे बन्नु छ,
दुःखको अँध्यारोमा दियो खोज्ने मान्छे बन्नु छ ।।
***********************************
भोको पेटलाई तातो बनाउन हिंड्नेको भिडमा,
आफ्नो रोटी बाँडेर दिन खोज्ने मान्छे बन्नु छ ।।
**********************************
ज्ञानको प्रकाशले उज्यालो बनोस् यो संसार सधैं,
शिक्षा बांडेर मनमा फूल रोप्ने मान्छे बन्नु छ ।।
**********************************
अरुको पीडामा लगाउने मल्हम हुन पाए हुन्थ्यो,
अझै पनि मानवता बोकेका मान्छे बन्नु छ ।।
*********************************
डुब्ने हात तानेर माथि ल्याउनु एक अर्काको,
तल झार्न हैन, अघि बढाउने मान्छे बन्नु छ ।।
*********************************
बनाऔं सबै मिलेर यो धर्ती स्वर्ग जस्तै,
अरुलाई प्रेम बांडेर बाँच्ने मान्छे बन्नु छ ।।
******************************
-डा. बुद्धि मल्ल ।