हतारमा पकाएको खाना मिठो कहां हुन्छ र?
फाईभ जी जस्तै सबै काम छिटो कहां हुन्छ र?

********************************

धर्य बिना हुने सफलता क्षणिक हुन्छ साथी,
दुई चार थान नोटले बिटो कहां हुन्छ र?

****************************

जिन्दगी संधै एकनासको हुंदैन बुझौं यो तथ्य,
मानिस संधै कल्कलांउदौ लक्का ठिटो कहां हुन्छ र?

************************************

बाटो हेर्दै बस्ने कहिल्यै पुग्दैन गन्तब्यसम्म,
पसिना बगाएर पाएको फल तितो कहां हुन्छ र?

********************************

घाम पानी सहेर उम्रेको बिरुवा मजबुत हुन्छन्,
बादल मडारिंदा आकाश निलो कहां हुन्छ र?

********************************

-डा. बुद्धि मल्ल