पानी बग्दैमा कुलो हुंदैन,
सबै प्वाल दुलो हुंदैन ।।
महान बन्ने दौड छ यहां,
तर, जेठो हुंदैमा ठुलो हुंदैन ।।
*******************
सबै माटो धुलो हुंदैन,
सबै ढोकामा चुकुलो हुंदैन ।।
आफू बाहेक सबै लाटो ठान्छन् यहां,
तर, जेठो हुंदैमा ठुलो हुंदैन ।।
********************
सबै सेता बकुल्लो हुंदैन,
सबै सम्बन्ध खुकुलो हुंदैन ।।
किन्न खोज्छन सम्बन्ध अनि सम्मान पनि,
तर, जेठो हुंदैमा ठुलो हुंदैन ।।